Shittalpati
आज सार्वजनिक विदा

पाल्पा । सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।

सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था र विदेशी स्थित नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सरकारले तीन वर्ष अघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए । ल्होसारमा बिदा दिन नेपाल तामाङ घेदुङले सरकारलाई आग्रह गर्दै आएको थियो । नेपाल तामाङ घेदुङले सरकारले विगतमा गरेको गल्ती सच्याउँदै तामाङ समुदायको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा स्वागत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update