Shittalpati
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ

पाल्पा । मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी गराएको छ ।

पक्राउ गरि तीनै जना माथि सोधपुछ गर्दा चोरीका मुख्य नाइके मकवानपुरको थाहा नगरपालिकाका निरश थिङलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ भएका मोटरसाइकलहरु यहि मंसिर २९ गते भक्तपुरका सुसन थापा मगर र पुष २२ गते रामेछापका हिराकाजी श्रेष्ठसको चोरी भएको रातो कालो २२० सीसीको पल्सर मोटरसाईकल रहेको महाशाखाले जनाएको छ । हराएको निबेदनको आधारमा सुचना संकलन गरी हराएको मोटरसाईकल र चोरीमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

माघ महिनामा मात्रै ११ जनालाई नियन्त्रणमा लिइ मोटरसाइकल चोरीमुद्दाका अनुसन्धान कारबाहीका लागि विभिन्न बृत्त प्रभागमा पठाएको महाशाखाले जनाएको छ । मोटरसाईकल चोरीका सुचनाहरुप्राप्त भए सँगै ट्राफिक प्रहरीले केहि महिनायतादेखि सक्रियतापुर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै बिशेष अप्रेसन सञ्चालन गर्दै आएको छ । बिशेष अप्रेसन टोली परिचालनसँगै मोटरसाईकल चोरीमा संलग्न गिरोह मोटरसाईकल सहित पक्राउ हुने क्रम बढेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update