पाल्पामा थप २ जनामा कोरोना पुष्टि
आइतबार, असार १४, २०७७
पिसिआर मेसिन राख्ने जग्गाका विषयमा छलफल
आइतबार, असार १४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएसँगै पिसिआर मेसिन राख्ने विषयमा छफल भएको छ । आइतबार संघीय सांसद, प्रदेश सांसद, जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुखहरु बिच पिसिआर मेसिन राख्ने उपयुक्त जग्गाको विषयमा छलफल भएको हो । सरकारले पाल्पा अस्पताल मातहतमा रहने...
पाल्पा आइपुग्यो सलह कीरा
आइतबार, असार १४, २०७७
जिल्लाका विभिन्न स्थानमा शनिबारदेखि सलह कीरा देखिएका छन् । तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका लगायतका स्थानहरुमा सलह देखिएको स्थानीयले बताएका छन् । विशेष गरी सुनौली–भैरहवा–बुटवल हुँदै पाल्पा छिरेको सलह जिल्लाको तिनाउ गाउँपालिका वडा ३ झ्याम्रुङ्गमा बढी देखा परेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
आइतबार, असार १४, २०७७
जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
महाधिवेशनको कार्यतालिका छिट्टै आउने : नेता पौडेल
शनिबार, असार १३, २०७७
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका छिट्टै ल्याइने बताएका छन् । उनले महाधिवेशनको तयारी सुरू गर्न नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।
गुल्मीमा थप १८ जनामा संक्रमण, संक्रमितको संख्या २ सय ७५ पुग्यो
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
शनिबार, असार १३, २०७७
विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
संक्रमितलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा तानसेनमा त्रास
शनिबार, असार १३, २०७७
जिल्लाको सदरमुकाम तानसेनमा कोरोना संक्रमित देखिएका नागरिकलाई आइसोलेशनमा लैजान ढिलाई गर्दा त्रास फैलिएको छ । शनिबार तानसेनमा देखिएका चार जना संक्रमितलाई आइसुलेशन सेन्टरमा लैजान ढिलाई हुँदा स्थानीयमा त्रास फैलिएको हो ।
पाल्पामा थप २५ जनामा कोरोना पुष्टि
शनिबार, असार १३, २०७७
जिल्लामा शनिबार थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला रुपन्देही र विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर नगरपालिका, तानसेन नगरपालिका र पूर्वखोला गाउँपालिकामा दुई महिला र २३ पुरुषमा संक्रमण देखिएको हो ।
पाल्पामा शव व्यवस्थापनमा खटिएका दुई जनामा संक्रमण
शनिबार, असार १३, २०७७
जिल्लामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । गत जेठ २० गते पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना संक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना गोरखदल गणका दुई जना सेनामा संक्रमण देखिएको हो ।
सरकारी जागिर छोडेर बाख्रापालनमा रमाउँदै नरबहादुर
शनिबार, असार १३, २०७७
वर्ष अघि भारतमा रहेको सरकारी जागिर छाडेर जिल्लाका एक कृषक बाख्रापालनमा रमाएका छन् । मालिका गाउँपालिका ५ छापहिलेका नरबहादुर महतारा सरकारी जागिर छोडेर अहिले लालीगुराँस बाख्राफार्मम खोलेर बाख्रापालनमा रमाएका हुन् । ३० बर्ष अघि भारतमा गर्दै आएको सरकारी जागिर छोडेर नेपाल मै केही गर्छु भनेर फर्र्किएका महताराले गाउँमा बाख्राफार्म खोलेका...
पाल्पामा पनि पिसिआर मेसिन सञ्चालनमा ल्याइने
शुक्रबार, असार १२, २०७७
पाल्पामा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पा अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिएको छ । मन्त्रालयले शुक्रबार पाल्पा सहित थप १० अस्पताललाई पिसिआर मेसिन सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।
रामपुरको बाँदर प्रभावित टोललाई कालीगण्डकी फाउण्डेशनले दियो बाँदर धपाउने यन्त्र
शुक्रबार, असार १२, २०७७
रामपुर नगरको माथिल्लो भाग तथा फाँटको जंगल संग जोडिएका बस्तीहरुको कृषकका लागि कालीगण्डकी फाउण्डेशन नेपालले बाँदर धपाउने यन्त्र वितरण गरेको छ । कृषकले उत्पादन गरेका अन्नबाली, तरकारी तथा फलफुल बाँदर आतंकले सखाप पार्न थाले पछि समस्यामा रहेका कृषकहरुको सहजताको नगरका वडाहरु संग समन्वय गरी वितरण गरेको हो । रामपुर ५...


