पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए
मंगलबार, वैशाख २८, २०७८
पाल्पाका गैरेलाई अमेरिकामा विद्यावारिधि
मंगलबार, वैशाख २८, २०७८
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । उनले अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गरेका हुन् ।
आज मातातिर्थ औशी मनाइदै
मंगलबार, वैशाख २८, २०७८
आज जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा हरेक वर्ष वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइने गरिन्छ ।
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
सोमबार, वैशाख २७, २०७८
सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो ।
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
सोमबार, वैशाख २७, २०७८
जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।
एसइई र कक्षा १२ को परीक्षा स्थगित
सोमबार, वैशाख २७, २०७८
आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
आइतबार, वैशाख २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
आइतबार, वैशाख २६, २०७८
गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
आइतबार, वैशाख २६, २०७८
जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।
गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।
संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।


