
पाल्पा, नेपाल सरकारले यही माघ १९ गते बुधबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निणर्य गरेको गृह मन्त्रालयले जनाएको छ ।
देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको हो । गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निणर्य अनुसार बिदा दिइएको जनाएका छन् ।
भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७८ साल माघ १९ गते बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१०/१७ मा निणर्य भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’