Shittalpati
नवजनचेतना दैनिक ‘क’ वर्गमा

पाल्पा, पाल्पादेखि नियमित रूपमा प्रकाशित नवजनचेतना दैनिक प्रेस काउन्सिल नेपालले गरेको वर्गिकरणमा ‘क’ वर्गमा पर्न सफल भएको छ । प्रेस काउन्सिलले प्रकाशन गरेको २०७६/०७७ को वर्गिकरणको नतिजामा पाल्पाबाट प्रकाशित एक मात्र दैनिकमध्ये नवजनचेतना दैनिक ‘क’ वर्गमा परेको हो ।

यस क्षेत्रमै लोकप्रिय दैनिक पत्रिका नवजनचेतना यस क्षेत्रको सर्वाधिक विक्री हुने दैनिक हो । विगत २८ बर्ष देखि निरन्तर रुपमा प्रकाशित शुरुमा साप्ताहिक र १७ वर्षदेखि दैनिक रुपमा अफसेट प्रविधिबाट प्रकाशित नवजनचेतना दैनिकले स्थानीय, प्रदेश र देश भरका हरेक विषयका विचार, र खोज मुलुक समाचार प्रकाशन गर्दै आएको छ । दैनिकले कृषि, शिक्षा, विज्ञान प्रविधि, मनोरञ्जन, बाल साहित्य, स्वास्थ्य र साहित्य विधामा विभिन्न किसिमका समाचार सम्प्रेषण गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update