Shittalpati
रेसुङ्गा नगरमा विपद्मा बाल संरक्षण र वास कार्यक्रमको प्रगति समीक्षा

गुल्मी, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम (विपद्मा बाल संरक्षण) र वास कार्यक्रमको प्रगती समीक्षा गरिएको छ । रेसुङ्गा नगरपालिका १४ वटा वडामा सञ्चालित कार्यक्रमको नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागितामा समीक्षा कार्यक्रम गरिएको हो ।

यूनिसेफ नेपाल सहयोग, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र रेसुङ्गा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालित रहेको छ । नगरभित्र कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत बालसंरक्षण, मनोसामाजिक, रुपान्तरण, पोषण र वास कार्यक्रम गरिएको छ । नगरभित्र संस्थाले तीन महिनाको अवधिमा गरेका विभिन्न कार्यक्रमहरुको समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा केहि महिलाहरुलाई कपडा सिलाउने मेसिन समेत प्रदान गरिएको थियो । संस्थाले नगरभित्र कार्यक्रम अन्तर्गत जोखिममा परेका बालबालिकाहरुलाई सहयोग ८४ जनालाई गरिएको थियो । अग्रपंक्तिमा रहनेहरुका लागि बालसंरक्षण सम्बन्धी अभिमुखिकरण तथा अनलाईन तालिम २८ जनालाई, समुदायस्तरमा विविभि मनोसामाजिक सहयोग तथा बालसरक्षण सम्वबन्धी अभिमुखीकरण १४ जनालाई कार्यक्रम गरिएको थियो ।

सामुदायिक मनोसामाजिक कार्यकर्ता मनोविमर्शकर्ता परिचालन विवरण १५ जनलाई, अनलाइन मार्फत घटना दर्ता तथा सरोकारवालासंगको अन्र्तवार्ता १ हजार ३ सय ३६ जनालाई, मनोचिकित्सक सेवा ९ जनालाई दिइएको सिद्धार्थ सामाजिक विकास केन्द्रका बाल संरक्षण अधिकृत अजय चौधरीले बताए । मनोसामाजिक परामर्स सेवातर्फ लुम्बिनी प्रदेश अन्तर्गतका २ स्थानीय तहहरुमा १ मनोसामाजिक परामर्शदाता र १९ सामुदायिक मनोसामाजिक कार्यकर्ता परिचालन गरिएको थियो । विभिन्न कारणले मनोसामाजिक समस्यामा परेका बालबालिका महिला तथा अन्य व्यक्तिहरुका लागि आवश्यक मनोसामाजिक परामर्श सेवा दिइएको थियो । व्यक्तिगत तथा पारिवारिक मनोसामाजिक परामर्स सहयोग गरिएको थियो । मनोसामाजिक परामर्शदाता, सामुदायिक मनोसामाजिक कार्यकर्ता परियोजनाका कर्मचारी तथा स्थानीय सरोकारवालाहरुका लागि मनो–सामाजिक परामर्श सहयोग तालिम दिइएको थियो । स्थानीय तहमा मनोसामाजिक परामर्श सहयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको थियो । आवश्यकता अनुसार मनोचिकित्सक सिफारिस तथा सहयोग गरिएको थियो ।

मनोसामाजिक सहयोगतर्फ कोभिडका कारण समुदायमा डरको अबस्था कायमै रहेको छ । घरेलु हिंसा, लैगिंक हिंसा, यौन दुव्र्यवहार, बाल विवाह जस्ता समस्या बढिरहेको, आत्महत्या तथा आत्महत्या साेंचमा बृद्धि हुनु, परिवार र व्यक्ति स्वयंलाई मानसिक तथा मनोसामाजिक समस्या भएको महशुस हुन नसकेको चौधरीले बताए । स्थानीय सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको विषयलाइ प्राथमिकतामा नराख्नु, विपदको बेला समुदायमा हुन सक्ने थप सम्भावित जोखिम (लैगिंक हिंसा, यौन दुव्र्यबहार, लागुपर्दाथ दुव्र्यसन आदि) न्यूनिकरणका लागि सरोकारवालाहरुसंग निरन्तर समन्वय र सहकार्य गर्दै आएको चौधरीले बताए । समुदाय स्तरमा मनोसामाजिक सचेतनाका लागि निरन्तर रुपमा त्यहा रहेका समूह, बाल क्लबहरु, विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरिरहेको छ । मनोसामाजिक सहयोगतर्फ कोभिड १९ का कारण समुदायमा देखिएको मनोसामाजिक परिवेशमा चुनौतीहरु देखिएको तथ्याड्ढमा उल्लेख छ । सार्वजनिक यातायात नचल्नुको कारण एक ठाउबाट अर्को ठाउँमा गइ मनोसामाजिक सहयोग गर्न नसक्नु चुनौती रहेको छ । त्यस्तै कोभिड संक्रमित तथा अन्य जोखिममा परेका बालबालिका लागि सहयोग गर्न जाँदा परिवारका सदस्यबाट घर बाहिर ननिस्कन दबाब दिनु चुनौती रहेको छ । सिफारिस संयन्त्र प्रभावकारी नहुनु, गम्भीर मानसिक समस्या भएका व्यक्तिहरुलाई उपचारका लागि तत्काल सम्बन्धित अस्पतालमा पठाउन नसक्नु चुनौती रहेको चौधरीले बताए । मनोसामाजिक सहयोग तर्फ मनोविमर्शकताबाट व्यक्तिहरुका लागि भएको ३१ जनालाई मनोसामाजिक सहयोग भएको छ । त्यस्तै मनोविमर्शकताबाट परिवारमा भएको ५७ जनालाई मनोसामाजिक सहयोग भएको छ । मनोविमर्शकताबाट समुहमा भएकोे १ सय जनालाई मनोसामाजिक सहयोग गरिएको छ ।

मनोविमर्शकताबाट भएका २५ फलोअप केसहरु रहेका छन् । वास कार्यक्रम अन्तर्गत सेनेटरी प्याड तालिममा १० जना, साबुन बनाउने तालिममा १० जना, पलम्बिङ्ग तालिममा १० जना किशोरीहरु सहभागी भएको पोखरेलले बताए । स्थानीय रुपमा रहेका बाल संरक्षणका सरोकारवाला वा सामुदायिक संरचना मार्फत पहिचान, लेखाजोखा तथा स्याहार योजना वनाउँदा केश व्यवस्थापन गर्दा दिगो र प्रभावकारी हुने पोखरेलले बताए । स्थानीय पालिका, सामुदायिक संरचना र बालबालिका संरक्षणको श्रोत पहिचान, नक्साड्ढन तथा दस्तावेजीकरण गर्दा समुदायमा सिफारिस गर्न सहज र सहयोग प्रणाली स्थापनामा सहयोग हुने पोखरेलको भनाई छ । किशोर किशोरीहरुलाई स्थानीय भाषा, संस्कृती, चित्र, उदाहरण तथा विषय अनुसार छलफल गर्दा बढी प्रभावकारी अपेक्षा गरिएको छ । जिल्ला, पालिका अनुसार सिफारीस धेरै र सहयोग गर्ने योजना कम हुँदा विश्वासको वातावरणमा कठिनाई भएको पाइएको छ । कार्यक्रम तयारको अवस्था र विद्यमान अवस्थामा उत्तारचढाप हुँदा खर्च ब्यवस्थापनमा कठिनाई भएको पाइएको छ ।

मनोसामाजिक सहयोगका लागि पहिचान भएका सेवाग्राहीको तुलनामा सहयोगीकर्ताको संख्या न्यून भएको पाइएको छ । त्यस्तै मनोसामाजिक सम्बन्धी तालिम तथा अभिमुखीकरण गर्न श्रोत साधनको प्रर्याप्त नहुनु भएको पाइएको छ । कार्यक्रममा रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले कार्यक्रमको प्रभावकारिता तालिम लिनेहरुले गर्ने निरन्तरतामा भरपर्ने बताए । उनले सिकाइलाई व्यवहारमा उतार्नु नै मुख्य उपलब्धी हुने उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा ३ का वडाअध्यक्ष थम्मन केसी, वडा १० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले यस कार्यक्रमको प्रभावकारिता रहेको उल्लेख गरेका थिए । उनीहरुले तालिम लिनेहरुले व्यवहारमा उतारेर व्यवसायिक बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमम तालिममा सहभागीहरुले आफ्ना सिकाइका बारेमा बताएका थिए । उनीहरुले तालिमबाट आत्मनिर्भर बन्न तर्फ प्रेरित गरेको बताए । –अनिल खत्री

प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update