पाल्पामा कोरोना निको हुने बढे पनि संक्रमण दर घटेन
मंगलबार, भदौ ८, २०७८
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
मंगलबार, भदौ ८, २०७८
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मंगलबार, भदौ ८, २०७८
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
सोमबार, भदौ ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् ।
गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश
सोमबार, भदौ ७, २०७८
गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
सोमबार, भदौ ७, २०७८
कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
पाल्पामा सोमबार ५९ जना संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
सोमबार, भदौ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमितले कोरोना जितेका हुन् ।
रेडियो पुष्पाञ्जलीले दियो मुसिकोटका विद्यालयलाई स्वास्थ्य सामग्री
सोमबार, भदौ ७, २०७८
जिल्लाको वामीटक्सारबाट प्रशारित सामुदायिक रेडियो पुष्पाञ्जलीले मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । रेडियोले कोरोना महामारीबाट शिक्षा क्षेत्र पनि प्रभावित भएकाले विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सुरक्षाका लागिस्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
आइतबार, भदौ ६, २०७८
विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा शनिबार ८५ जना संक्रमितले कोरोना जिते
शनिबार, भदौ ५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८५ जना संक्रमितले कोरोना जितेका हुन् ।
गुल्मीको कालीगण्डकी कृषि जोन बन्दै
शनिबार, भदौ ५, २०७८
सुदरपुर्व गुल्मी कालीगण्डकी गाउँपालिका १,गिदुवा टोलकी ३५ बर्षकी भूमिकला पाण्डेलाई अहिले आफ्नो घर खर्चका लागि अरुको मुख ताक्नुपर्ने अवस्था छैन । भूमिले, स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत व्यवसायिक रुपमा बाख्रापालन गर्न थाले पछि दुई छोरा छोरीलाई उच्चशिक्षा पढाउने खर्चको जोहो गर्ने समस्या पनि हटेको छ ।
पाल्पाका व्यवसायीले पनि लगाए खोप
शनिबार, भदौ ५, २०७८
पाल्पाका उद्योगी व्यवसायीहरुले पनि कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पाल्पाको सहयोगमा पाल्पा उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघको समन्वयमा उद्योगी व्यवसायीका लागि कोरोनाविरूद्धको खोप लगाइएको हो ।
गुल्मीदरबार गाउँपालिकाद्वारा अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न आग्रह
शनिबार, भदौ ५, २०७८
गुल्मीदरबार गाउँपालिकाले अफगानिस्तानमा रहेका नागरिकहरुको विवरण संकलन गर्न गाउँपालिकाका सबै वडाहरुलाई आग्रह गरेको छ ।


