धार्मिक पर्यटन प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण
बिहीबार, साउन १, २०८२
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य
बिहीबार, साउन १, २०८२
उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८/र८२ मा अदालतमा परेका मुद्दामध्ये एक हजार २४३ मुद्दा फर्छ्यौट गरेको छ ।उच्च अदालतका सूचना अधिकारी मधुसूदन पन्थीका अनुसार एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक हजार ४३ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ४१४ गरी जम्मा एक हजार ४५७ थान मुद्दामध्ये एक हजार २४३...
आज साउने संक्रान्ति, लुतो फाल्ने परम्परा
बिहीबार, साउन १, २०८२
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।
भोलीदेखि अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा खुला
बुधबार, असार ३२, २०८२
यहाँको तानसेनस्थित अमर नारायण मन्दिर परिसरमा रहेको १०८ गौमुखे धारा भोलीदेखि भक्तजनहरुका लागि खुला गरिएको छ । साउन महिनाको व्रत प्रारम्भसँगै भक्तजनका लागि धारा खुला गरिएको हो ।
घरबास पर्यटनसम्बन्धी तालिमपछि डाँडाडुमका महिला स्वरोजगार बन्दै
बुधबार, असार ३२, २०८२
तानसेन नगरपालिका–९ डाँडाडुमका महिला घरबास (होमस्टे) पर्यटन विकाससम्बन्धी तालिम लिएपछि स्वरोजगारका लागि पहल गर्न थालेका छन् । संस्कृति, पर्यटन तथा ण्ण्नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समिति काठमाडौँद्वारा दिइएको घरबास पर्यटन विकाससम्बन्धी आधारभूत तालिमबाट सीप र ज्ञान प्राप्त गरेपछि गाउँमा होमस्टे सञ्चालन गरी आर्थिक समृद्धि हासिल गर्नेतर्फ यहाँका महिला लागेका...
नौ सय घरमा खानेपानी सुविधा
बुधबार, असार ३२, २०८२
जिल्लाका नौ सयभन्दा बढी घरमा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी वितरण गरेको डिभिजन प्रमुख झलकमोहन ओझाका अनुसार खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका योजनाबाट नौ सय ३१ घरमा खानेपानीको पहुँच विस्तार भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘म्यामोग्राफी’ सेवा
बुधबार, असार ३२, २०८२
महिलाको स्तन क्यान्सर पहिचान र उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । साथै, स्तनसम्बन्धी अन्य रोगहरूको परीक्षण, परामर्श र उपचारका लागि विशेष ‘ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमहादुर सारुले म्यामोग्राफी तथा ‘ब्रेस्ट क्लिनिक’ सेवाको शुभारम्भ गरेका हुन् । उनले यहाँको...
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
बुधबार, असार ३२, २०८२
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् ।
सामान्य प्रशासन मन्त्रीमा न्यौपाने नियुक्त
मंगलबार, असार ३१, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।
दर्लम महाकाली मन्दिरमा सेनाले चढायो २५ किलोको घण्टी
मंगलबार, असार ३१, २०८२
जिल्लाको बगनासकाली गाउँपालिका–५ स्थित ऐतिहासिक दर्लम महाकाली मन्दिरमा नेपाली सेनाले २५ किलोको घण्टी चढाएको छ । नेपाली सेना दि फेमस महिन्द्र दल गण तानसेनबाट गएको सेनाको टोलीले मंगलबार विधिपूर्वक पूजाआजा गरि भगवती मातालाई उक्त घण्टी चढाएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
मंगलबार, असार ३१, २०८२
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, नवलपरासी पूर्व र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
मंगलबार, असार ३१, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
आज विश्व युवा दक्षता दिवस मनाइँदै
मंगलबार, असार ३१, २०८२
जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिन्छ ।


-1762576335.jpg)