पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –३ दोभानमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार गुल्मीको कालिगण्डकी गाउँपालिका पुर्तिघाटका ३१ वर्षीय मिलन सार्की र बुटवलउपमहानगरपालिका –८ सुख्खानगरकी २८ वर्षीष सीस्ता रानाको रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।
दोभानस्थित सिद्दार्थ राजमार्गमा आज दिउँसो बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिपर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते उनीहरुलाई प्रहरी चौकी दोभानबाट खटेको प्रहरी टोलीले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको थियो । अस्पताल पुर्याईएका उनीहरुलाई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक चौधरी बताए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


