बुटवल–नारायणगढ सडक अवरुद्ध
शुक्रबार, असोज ३, २०८२
‘नयाँ पुस्ताको चाहानअनुसार देश विकास हुनेछ’
शुक्रबार, असोज ३, २०८२
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले आगामी दिनमा देशमा समुन्नत लोकतन्त्र उन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरेका छन् ।
एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असोज ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ ।
संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछः मुख्यमन्त्री आचार्य
शुक्रबार, असोज ३, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउने बताएका छन ।
कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण
बिहीबार, असोज २, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्, भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
बिहीबार, असोज २, २०८२
लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट पहिरो खसेपछि बुधबार बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।
गुल्मीमा जंगली च्याउ खाँदा ६ जना बिरामी
बुधबार, असोज १, २०८२
गुल्मीमा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । बुधबार बिहान स्थानीय जंगलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ६१ प्रतिशत, के–के काम भइसक्यो ?
बुधबार, असोज १, २०८२
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधिन सिद्धबाबा सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६१ प्रतिशत भएको छ । सिद्धबाबा सुरुङमार्ग आयोजनाले सोमबार सार्वजनिक गरेको प्रगति विवरण अनुसार ६१ दशमलव ६ प्रतिशत भौतिक प्रगति र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको हो ।
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्री लिए शपथ
सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सोमबार तीन जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई १० लाख दिने
आइतबार, भदौ २९, २०८२
सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।
सुमनाले छोडिन रास्वपा
आइतबार, भदौ २९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै पार्टी छाडेको घोषणा गरेकी हुन् ।


