सामान्य बन्दै गुल्मीको जनजीवन
शुक्रबार, भदौ २७, २०८२
पत्रकार महासंघ पाल्पाको अपिल ‘संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्छ’
बिहीबार, भदौ २६, २०८२
नेपाल पत्रकार महासंघले जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्दै संसद र संविधानको परिधिमा रहेर सरकार बनाउन पहल गर्नुपर्ने ठहर गरेको छ । महासंघले बिहीबार जिल्ला अध्यक्ष कमलराज तिमिल्सेना र सचिव रामचन्द्र रायमाझीद्वारा हस्ताक्षरित एक अपिल सार्वजनिक गर्दै संसद र संविधानकै परिधिमा रहेर सरकार गठन लगायतका प्रक्रिया अघि बढाउनुपर्ने बताएको हो ।
हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि ...
बिहीबार, भदौ २६, २०८२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।
कालीगण्डकी करिडोर सडक अवरुद्ध
बिहीबार, भदौ २६, २०८२
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।
रुपन्देहीमा कर्फ्यू आदेशलाई निरन्तरता
बिहीबार, भदौ २६, २०८२
रुपन्देही जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाएको कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ ।
धमाधम भाग्दै कैदी, समात्दै सेना
बिहीबार, भदौ २६, २०८२
जेनजीहरूले गरेको उग्र प्रदर्शनपछि मंगलबारदेखि नै देशका विभिन्न ठाउँका कारागारबाट कैदीहरू भागिरहेका छन् ।ललितपुरको नख्खु कारागार, कैलाली, कास्की, काभ्रे, सिन्धुली, रसुवा, कपिलवस्तु, रुपन्देही, महोत्तरी, तहुँ, पर्सा, मकवानपुर लगायतका जिल्ला कारागारबाट धमाधम कैदीहरू बाहिरिएका हुन् ।
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’
बुधबार, भदौ २५, २०८२
पाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देश चलाउन अब वैधानिक उपाय खोजिनुपर्ने बताएका छन । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावना बमोजिम नै संविधान अनुसार वैधानिक बाटोबाट नै अगाडि बढिनुपर्ने बताएका हुन ।
कारागारबाट टोपबहादुर रायमाझी पनि भागे
बुधबार, भदौ २५, २०८२
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका टोपबहादुर रायमाझी पनि भागेका छन् । भद्र बन्दीगृहमा रहेका रायमाझी भागेको बताइएको छ ।
टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क
बुधबार, भदौ २५, २०८२
नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा मंगलबार रातिदेखि सक्रिय भएको हो ।
देशभर निषेधाज्ञा र कर्फ्यू
बुधबार, भदौ २५, २०८२
देशभर निषेधाज्ञा र कफ्र्यू आदेश जारी गरिएको छ । नेपाली सेनाले देशको शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू लागू गरेको जनाएको छ ।
त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने
बुधबार, भदौ २५, २०८२
विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ ।
आज विश्वआत्महत्या रोकथाम दिवस
बुधबार, भदौ २५, २०८२
आज विश्व आत्महत्या रोकथामदिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ ।
तानसेनमा जिल्लास्तरीय स्क्रयाबल च्याम्पियनशिप
बुधबार, भदौ २५, २०८२
जिल्लामा पहिलो पटक जिल्लास्तरीय अंग्रेजी शब्द निर्माण खेल स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको तानसेन नगरपालिका– ३ मा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न विद्यालयका ८ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको जनाइएको छ ।


