विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बिहीबार, चैत १, २०८०
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
प्रधानमन्त्री दाहालले तेस्रो पटक विश्वासको मत पाए
बुधबार, फागुन ३०, २०८०
काँग्रेससँगको गठबन्धन त्यागेर एकाएक एमालेसहितका दलहरुसँग मिलेर सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएका छन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
बुधबार, फागुन ३०, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।
रक्तसञ्चार केन्द्र स्थापना गर्न स्थानीय सरकारको सहयोग आवश्यक : प्रजिअ काफ्ले
बुधबार, फागुन ३०, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले रक्तसञ्चार केन्द्र स्थापनाका लागि स्थानीय सरकारको आवश्यक रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाको ४६ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले रेडक्रस एक्लैले रक्तसञ्चार केन्द्र स्थापना गर्न कठिन हुने भन्दै जिल्लाका सबै स्थानीय सरकारको सहयोग आवश्यक रहने बताएका हुन् ।
विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
मंगलबार, फागुन २९, २०८०
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
पर्व बिदा विवादरहित बनाइने
मंगलबार, फागुन २९, २०८०
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
मंगलबार, फागुन २९, २०८०
राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदै
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुुन लागेको छ । संसद् सचिवालयले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुुन लागेको हो ।
‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’
सोमबार, फागुन २८, २०८०
शेर्पा समुदायले ग्याल्पो ल्होसार माघ २७ मै भए पनि सरकारले भने आज विदा दिएको बताएका छन् । सोमबार ताप्लेजुङका शेर्पा समुुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्याल्पो ल्होसार गत माग २७ गतेका दिन मै परेको भएता पनि नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा दिएको...
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
सोमबार, फागुन २८, २०८०
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
बसको ठक्करबाट घाइते ट्राफिक प्रनानी खत्रीको मृत्यु
सोमबार, फागुन २८, २०८०
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायव निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ...

1692789672.jpg)
