Shittalpati
आजको मौसम  : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
आजको मौसम : लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा  मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति...
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आइतबार सावजनिक गरेको हो । 
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप
रास्वपा सभापति लामिछानेलाई ६ दिनको म्याद थप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ ।
सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा
सोमबार गुुल्मी दरबारका शिक्षण संस्थामा शोक बिदा गुल्मी दरबार गाउँपालिका भित्रका शिक्षण संस्थामा सोमबार शोक विदा दिइएको छ । गुल्मीदरबार गाउँपालिकाले एक शिक्षकको मृत्यु भएपछि शिक्षण संस्थाहरुमा शोक बिदा दिएको हो ।
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।  
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने
पूर्व गृहमन्त्री लामिछाने प्रहरीको हिरासतमा, भोली अदालतमा उपस्थित गराइने पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाएको थियो ।
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन्  ।
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन
पोखरामा रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताको प्रदर्शन पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेपछि पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन् ।
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो 
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो  बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो । 
Weather Update