पाल्पा, तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
सभाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका श्रेष्ठले तीन खम्बे अर्थ नीति मध्ये सहकारी एक भएको बताए । उनले आर्थिक विकासमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको औल्याए । नगरप्रमुख श्रेष्ठले मणिमुकुन्द सहकारीले आफुलाई विश्वासीलो सहकारीका रुपमा स्थापित गर्न सफल भएको धारणा व्यक्त गरे । उनले पछिल्लो समय सहकारीमा अनुशासन नहुँदा केही सहकारीहरुमा समस्या आएको बताए । संस्थाका अध्यक्ष मधु दयाल सैंजुले संस्थाको वार्षिक प्रतिवेदन सहकारीको अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्धिको दिशामा आफुहरु अगाडि बढेको बताए । उनले भने ‘सहकारीको माध्यमबाट सदस्यहरुबिच आत्मियता, सद्भाव र एक आपसमा मैत्री भावको विकास गर्दै सदस्यहरुको आर्थिक उन्नति र व्यवसायिक बनाउने दिशामा हामीहरु अग्रसर रहेका छौं ।’ कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष हेमन्तराज शाक्य, शेयर सदस्य शोभा शाक्य लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका कोषाध्यक्ष ज्ञानु कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा जेष्ठ नागारिक, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको प्रवन्धक लक्ष्मी शाक्यले बताईन् । संस्थाका अध्यक्ष मधुुदयाल सैंजुको अध्यक्षता,उपाध्यक्ष सुशिल प्रधानको स्वागत, सचिव सञ्जयराज शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।