झापामा दुर्घटनामा तीन जनाको मृत्यु
आइतबार, असोज २७, २०८१
पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
बुधबार, असोज २३, २०८१
पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।
बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बुधबार, असोज २३, २०८१
रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको छ । गाउँपालिकाले ‘छोरी बचाउ छोरी पढाउ अभियान’ अन्तर्गत गाउँपालिकामा जन्मिएका बालिकाको बालिका बीमा गर्ने कार्यक्रम अघि बढाएको हो ।
सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना
मंगलबार, असोज २२, २०८१
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत गरिबी निवारण सम्भव रहेको बताएका छन् । सोमबार नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताएका हुन् ।
रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
सोमबार, असोज २१, २०८१
रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।
बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
सोमबार, असोज २१, २०८१
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।
‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल
आइतबार, असोज २०, २०८१
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् ।
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर
आइतबार, असोज २०, २०८१
बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।


