पाल्पामा घुमफिर गर्दै राजेश हमाल र धिरेन शाक्यसहितको टोली
सोमबार, असार २४, २०८१

बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए ।

मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
सोमबार, असार २४, २०८१
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

आजदेखि केही दिन मनसुन क्रमश : निष्क्रिय हुँदै
सोमबार, असार २४, २०८१
जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ ।
-1720427646.jpg)
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
सोमबार, असार २४, २०८१
लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ ।करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

बाढीपहिरोले दुई दिनमै गयो १५ जनाको ज्यान
सोमबार, असार २४, २०८१
पहाडमा पहिरो र तराईमा डुबान वर्षैपिच्छेका समस्या हुन् । हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो । बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ ।

वर्षाका कारण लुम्बिनीका २ सय ३१ घर डुवानमा
सोमबार, असार २४, २०८१
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २ सय ३१ घर डुवानमा परेका छन् । विहीबारदेखि परेको निरन्तर वर्षाका कारण पाल्पा, दाङ, बाँकेका विभिन्न स्थानमा २ सय ३१ घर डुवानमा परेका हुन् ।

आजदेखि सरकारी खाता रोक्का
सोमबार, असार २४, २०८१
यही असार २४ गते मध्यरात (आज) देखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन...

वर्षाको कहर : कतै पहिरो, कतै डुवान
आइतबार, असार २३, २०८१
वर्षाका कारण पाल्पा र गुल्मीका विभिन्न ठाउँमा कतै पहिरो त कतै बाढीले फाँट डुवानमा परेका छन् । तीन दिनदेखि परेको अबिरल वर्षाले यहाँका दर्जनौं ठाउँमा पहिरो जानुको साथै खेतका फाँटहरु डुवानमा परेका हुन् ।

पाल्पाको माडीफाँट डुवानमा
शनिबार, असार २२, २०८१
लगातार परेको अविरल वर्षाका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाव बढेपछि माडीफाँट डुबानमा परेको हो ।

स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु
शनिबार, असार २२, २०८१
जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा
शनिबार, असार २२, २०८१
निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान
शनिबार, असार २२, २०८१
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् ।