
पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ । दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो । एक जना घाइते भएका थिए ।
सनाखत हुने मृतकमा गल्याङ्ग नगरपालिका–७ स्याङ्जा घर भई बुटवल–११ बस्दै आएका ४५ वर्षीय रेशम सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । दुर्घटनामा मृत्यु भएका सवारी धनि बगनासकाली गाउँपालिका –१ गाप्टुङ घर भई हाल बुटवल उप–महानगरपालिका – ११ मझुवा बस्दै आएका ४६ वर्षीय बिनोद ढुङ्गानाको भने सोमबार नै पहिचान खुलेको थियो । मृतक दुवै जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा र सुनारको मिसन अस्पताल तानसेनमा मृत्यु भएको थियो ।
दुर्घटनामा चालक बुटवल उप–महानगरपालिका – ११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको उपरीक्षक मल्लले बताए । खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ ।