लघु जलविद्युतले फेरियो जीवनशैली, टुकीमै जीवन गुजारेका आमाहरु फुरुङ्ग
सोमबार, साउन ३२, २०७८
पाल्पामा एकै दिन २ सय जनामा कोरोना देखियो
आइतबार, साउन ३१, २०७८
पछिल्लो समय पाल्पामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा संक्रमणको ग्राफ दिनहुँ उकालो लाग्दै गएको हो ।
लुम्बिनीमा प्रदेश अधिवेशन आह्वान
आइतबार, साउन ३१, २०७८
लुम्बिनी प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार नियमित अधिवेशन आह्वान गरेका हुन् ।
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न
आइतबार, साउन ३१, २०७८
विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ ।
कोरियाबाट फर्केकालाई सहुलियत कर्जा
आइतबार, साउन ३१, २०७८
ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएकाहरुका लागि स्वदेशमा व्यवसाय तथा रोजगारी सिर्जना गर्न उत्प्रेरित गर्ने उद्देश्यले बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको हो ।
‘भोट चल्छ बोली किन सुनिँदैन ?’
आइतबार, साउन ३१, २०७८
कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ ।
जीवन चलाउन उनी अहिले कामका खोजीमा छन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु ।
तानसेनको पिपलडाँडामा पुग्यो खानेपानी
आइतबार, साउन ३१, २०७८
खानेपानीको समस्या झेलिरहेका तानसेन मदनपोखराको पिपलडाँडाका सबै घरमा अहिले खानेपानी पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा खानेपानी पुगेको हो ।
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति
आइतबार, साउन ३१, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
कुलमानको नियुक्तिले उठाएको सवाल
शनिबार, साउन ३०, २०७८
राजनीतिक क्रियाकलाप र राजनीतिक दलका भाषणले मात्र प्राथमिकता र चर्चा पाउने नेपाली सञ्चार माध्यममा केही दिनदेखि कुलमान घिसिङको फेरि व्यापक चर्चा भएको छ । अपेक्षा गरिएअनुसार नै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमानलाई नियुक्त गरिएको छ ।
पाल्पामा सञ्चारिका समूह गठन
शनिबार, साउन ३०, २०७८
पाल्पामा सञ्चारिका समूह गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरुको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
बगनासकालीले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउने
शनिबार, साउन ३०, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले आफ्नै पालिकाको चिन्ह (लोगो) प्रयोगमा ल्याउने भएको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले लोगो बनाउन लागेको हो ।


