पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बिहीबार, साउन २८, २०७८
उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
बिहीबार, साउन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
बिहीबार, साउन २८, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गुल्मीमा चट्याङ लागेर एक युवतीको ज्यान गयो
बिहीबार, साउन २८, २०७८
चट्याङ लागेर गुल्मीमा एक युवतीको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
बिहीबार, साउन २८, २०७८
राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको ल्याएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।
युवा दिवसको सार्थकता
बिहीबार, साउन २८, २०७८
आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो ।
पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै
बिहीबार, साउन २८, २०७८
कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।
तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने
बुधबार, साउन २७, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।
गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
बुधबार, साउन २७, २०७८
गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।
पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
बुधबार, साउन २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान
बुधबार, साउन २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुधबार, साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।
मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।


