पाल्पामा मंगलबार थप ४७ जनामा कोराना संक्रमण पुष्टि
मंगलबार, माघ २५, २०७८
लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत
मंगलबार, माघ २५, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
निर्माणधिन रेसुङ्गा विमानस्थल
मंगलबार, माघ २५, २०७८
गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल । आगामी बैशाख महिना भित्रमा नियमित उडान गर्ने गरी विमानस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ । यहाँ अहिले अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सकिन थालेको छ ।
खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला
मंगलबार, माघ २५, २०७८
पाल्पाकोे रिब्दीकोट गाउँपालिकाले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले ४० प्रकारका रोगहरूको परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याएको हो । यसअघि स्वास्थ्यचौकीमा २८ प्रकारका रोगको परीक्षण गर्दै आएको थियो । परीक्षणको दायरा फराकिलो बनाएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
विकास ऋणपत्र विक्री गर्दै नेपाल राष्ट्र बैंक
मंगलबार, माघ २५, २०७८
राष्ट्र बैंकले साढे ९ अर्बको विकास ऋणपत्र विक्री गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारी लक्ष्यअनुसार आन्तरिक ऋण उठाउने क्रममा फेरि २ वर्षे विकास ऋणपत्र विक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०७८’ (च) नाम दिइएको उक्त ऋणपत्र मंगलबार बोलकबोल हुनेछ र भोलिपल्ट बुधबार विक्री हुने राष्ट्र बैंकको सूचनामा...
बढ्दो आयात रोकौं
मंगलबार, माघ २५, २०७८
नेपाल कृषि प्रधान देश भए पनि परनिर्भरता भने बढ्दो छ । बाहिरी देशमा उब्जिएका खाद्यान्न, तरकारीदेखि मरमसलासम्मले नेपालीका भान्छामा रजगज गरिरहेका छन् । तर, नेपालले भने कृषि प्रधान देशको राग अलाप्न छोडेको छैन । सरकारले कृषि उत्पादन बढाउने कार्यक्रम हरेक वर्ष घोषणा गर्छ, तर झन्–झन् कृषिजन्य वस्तुको आयात बढिरहेको छ ...
स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने
सोमबार, माघ २४, २०७८
सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ
सोमबार, माघ २४, २०७८
मोटरसाईकल चोरी गर्ने पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
बुटवलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु
सोमबार, माघ २४, २०७८
बुटवलमा सोमबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २९ वर्षीय सविन चौधरी, सोही ठाउँका २७ वर्षीय गोविन्द चौधरी र २७ वर्षीय नवीन श्रेष्ठ छन् ।
पाल्पामा सोमबार थप ९७ जना संक्रमितले कोरोना जिते
सोमबार, माघ २४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३९ जना महिला र ५८ जना पुरुषले कोरोना जितेका हुन् ।
रैनादेवीको जंगलमा एक युवतीको शव भेटियो !
सोमबार, माघ २४, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव भेटिएको छ । रैनादेवी छहरा –७ गहतेका तारा खड्काको श्रीमती ३३ वर्षीया भवि रेश्मी मृत अवस्थामा भेटिएकी हुन् ।
तानसेनमा खानेपानी नआएपछि उपभोक्ता आन्दोलित, काँग्रेसले गरायो समितिको ध्यानाकर्षण
सोमबार, माघ २४, २०७८
जिल्लाको सदरमुकाम तानसेन बजारमा दुई हप्तादेखि खानेपानी नआएपछि उपभोक्ता आन्दोलित भएका छन् । तानसेन खानेपानी उपभोक्ता समितिको लापरवाहीका कारण दुई हप्तासम्म पनि खानेपानी नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलित भएका हुन् । घर–घरमा खानेपानीको धारा नआएपछि तानसेनवासीहरु नेपाली काँग्रेस तानसेन नगर समितिको नेतृत्वमा आन्दोलनमा उत्रिएका छन् । मानिसको आधारभूत आवश्यकता जस्तो खानेपानीका...


