निर्वाचन सबै मिलेर सफल पारौं
बिहीबार, माघ २७, २०७८
‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबालाई
बुधबार, माघ २६, २०७८
ब्रिटिस काउन्सिलले प्रदान गर्ने ‘इन्टरनेशनल स्कुल अवार्ड’ गुल्मीको सिद्धबाबा माध्यमिक विद्यालयले प्राप्त गरेको छ । योसँगै सामुदायिक विद्यालयतर्फ यो विद्यालय इन्टरनेश्नल स्कुल अवार्ड प्राप्त गर्ने गुल्मीको पहिलो विद्यालय बनेको छ ।
रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
बुधबार, माघ २६, २०७८
स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा स्वास्थ्य कार्यालय गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको उपस्थितिमा...
पाल्पामा बुधबार थप ७३ जना संक्रमित कोरोनामुक्त
बुधबार, माघ २६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २८ जना महिला र ४५ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् ।
दुई दशकदेखि करोडौँ ठगी गर्दै आएका फरार व्यक्ति पक्राउ
बुधबार, माघ २६, २०७८
विगत दुई दशकदेखि देशका विभिन्न उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट करोडाँै ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । ठगी मुद्दामा पक्राउ परेका ईश्वरीप्रसाद पोखरेलले २०५७ सालदेखि विभिन्न व्यक्तिलाई डर, धाक, धम्की र विभिन्न उच्च पदस्थ व्यक्तिको पहुँच देखाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
पाल्पा–तम्घास सडक मर्मत गरिने
बुधबार, माघ २६, २०७८
पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
चित्र कोरेर श्रेष्ठले कमाउँछन् मासिक चालिस हजार
बुधबार, माघ २६, २०७८
पूर्वखोला गाउँपालिका–५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन ।
शिक्षकका लागि दुई लाख चालिस हजारभन्दा बढी आवेदन
बुधबार, माघ २६, २०७८
शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको शिक्षक पदका लागि दुई लाख ४० हजार ४ सय ५२ जनाको आवेदन परेको छ । विभिन्न मितिमा माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तहमा १७ हजार २ सय ३३ शिक्षक पदका लागि उक्त संख्यामा उम्मेद्वारको आवेदन परेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
आइपिओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
बुधबार, माघ २६, २०७८
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अड्ढित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को विक्री खुला गर्ने लागेको हो ।
चुनाव बारेको आशंका हट्यो
बुधबार, माघ २६, २०७८
अब चुनाव बारेको अनिश्चितता हटेको छ । सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति तय गरेसँगै अनिश्चितता हटेको हो । समयमै चुनाव गर्न र स्थानीय तहलाई जनप्रतिनिधि विहीन नबनाउन चौतर्फी दबाब परेपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ...
खोपको विवरण पठाउन निर्देशन
मंगलबार, माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि (बुधबार) सम्म कोरोना भाइरस विरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।


