पाल्पामा मोटरसाईकल चोरी गर्ने पक्राउ

पाल्पा, पाल्पामा मोटरसाईकल चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरेमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने पूर्वखोला गाउँपालिका ४ का २२ वर्षीय अनिल परियारलाई प्रहरीले पक्राउ परेको हो ।
माघ २१ गते राती पार्किङ गरी राखेको लु.३३ प ३८३८ नम्वरको मोटरसाइकल चोरी गरी फरार रहेका परियारलाई प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरी टोलीले माघ २२ गते विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । उनका अनुसार चोरी गर्ने परियारलाई पक्राउ गरी जिल्ला आदालत पाल्पाबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्