Shittalpati
निर्माणधिन रेसुङ्गा विमानस्थल

गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल । आगामी बैशाख महिना भित्रमा नियमित उडान गर्ने गरी विमानस्थलको काम तिव्र रुपमा अगाडि बढेको छ । यहाँ अहिले अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सकिन थालेको छ । नियमित उडानका लागि विभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको बुझिएको छ । यहाँ २०७५ साल जेठ २७ गते परीक्षण उडान भए पनि विमानस्थल निर्माणको काम नसकिएकाले नियमित उडान हुन सकेको छैन । धावन मार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको रहेको छ । निर्माणाधिन विमानस्थलको कुल क्षेत्रफल १ सय ५६ रोपनी छ ।                   –तस्वीर : अनिल खत्री/एनजेडी

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update