Shittalpati
प्रजातन्त्र दिवसको सार्थकता
प्रजातन्त्र दिवसको सार्थकता आज प्रजातन्त्र दिवस, जहानीय हुकुमी शासन अन्त्य भएको दिन । १ सय ४ वर्ष लामो राणा शासनको अत्य गर्ने क्रममा आफु सहिद भएर पनि देशमा प्रजातन्त्र ल्याउँने कार्यमा अग्रसर अमर सहिदहरु प्रति श्रद्धासुमन । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा समाहित हुँदै गर्दा मुलुक अहिले आएर अत्यन्तै राजनैतिक गम्भीर अवस्थाबाट गुज्रिरहेको अवस्था...
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त
पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा
पूर्वखोला ग्रामीण क्षेत्रका घर–घरमा खानेपानी सुविधा जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका ग्रामीण क्षेत्रमा यति बेला खानेपानीको सुविधा पुगेको छ । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा यतिबेला सहजै खानेपानीको सुविधा पुर्‍याएको हो ।
जीतगढीमा वीर योद्वाको सालिक अनावरण
जीतगढीमा वीर योद्वाको सालिक अनावरण  बुटवल उपमहानगरपालिका १ मा रहेको ऐतिहासिक जीतगढी किल्लामा नेपाल अंग्रेज युद्वका विजेता तत्कालीन नेपाली वीर योद्वाको सालिक निर्माण गरिएको छ । ऐतिहासिक पुरातात्विक सम्पदास्थल परिसरमा कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक यसअघि नै निर्माण गरिएको थियो ।
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त
आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अड्ढित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु
माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु जिल्लाको तिनाउ गाउँपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई दाजुभाइको मृत्यु भएको छ । तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
गठबन्धनमै विवाद
गठबन्धनमै विवाद प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसीसी टेबल गर्न ठूलो कसरत गरे पनि अन्ततः टेबल हुन सकेन । सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि देउवा पछि हटेका छन् ।
स्थानीय निर्वाचनका लागि दल दर्ता खुला
स्थानीय निर्वाचनका लागि दल दर्ता खुला स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गर्न आह्वान गरेको हो ।
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
स्वस्थानीको समाप्ति र शिक्षा
स्वस्थानीको समाप्ति र शिक्षा पौष शुक्ल पूर्णिमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन बुधबार विधिवत रुपमा सकिएको छ । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घर–घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ ।
Weather Update