कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने
बिहीबार, जेठ १२, २०७९
माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा
बिहीबार, जेठ १२, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले अभिभाव विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिका अध्यक्ष यम चिदीले शपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय अगाडि सार्दै अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा दिने विषयमा हस्ताक्षर गरेका छन् ।
कागजी खोस्टो नबनोस् नीति तथा कार्यक्रम
बिहीबार, जेठ १२, २०७९
हरेक वर्ष जस्तै सार्वजनिक गरिने नीति तथा कार्यक्रम यस वर्ष पनि सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ आर्थिक वर्षमा ल्याउने बजेटका लागि मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसदीय परम्परा अनुरुप नै नीति तथा कार्यक्रम प्रस्तुत...
बगनासकालीमा एमालेका कार्यपालिका सदस्य निर्वाचित
बुधबार, जेठ ११, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका वडा २ की, गीता रेग्मी, वडा ३ बाट वसन्ती थापा, वडा ५ की, खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छौं : नगर प्रमुख श्रेष्ठ
बुधबार, जेठ ११, २०७९
तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले जनताले विकासको अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । नेपाली काँग्रेस वडा न. ९ ले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जनताले अनुभति गर्ने गरी नगरको विकास गर्ने बताएका हुन् ।
पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस
बुधबार, जेठ ११, २०७९
सुन्दा अचम्म लाग्न सक्छ ‘गुलेली मास्टर’ ! तर अचम्म मान्नुपर्दैन सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाको सामाजिक तथा राजनीतिक क्षेत्रको चिरपरिचत नाम हो ‘गुलेली मास्टर’ अर्थात् नीम श्रीस । पूर्तिघाट निवासी ४० बर्षीय उनी नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति समेत हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ‘गुलेली मास्टर’ भाषण गर्ने र...
पाल्पाको एक्लो महिला वडाध्यक्ष
बुधबार, जेठ ११, २०७९
मूख्य राजनीतिक दलले उम्मेदवार चयन गर्दा स्थानीय तहका प्रमुखमा महिलालाई कम स्थान दिएजस्तै निर्वाचित हुने महिला प्रमुखहरुको संख्या पनि न्यून रहेको छ । पाल्पा सहित देशभरका स्थानीय तहका नेतृत्व तहमा न्यून संख्यामा महिला निर्वाचित भएका छन् । पालिका प्रमुख र उपप्रमुखमा केही महिलाहरु निर्वाचित भए पनि वडातहको नेतृत्व तहमा भने...
मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनको माग
बुधबार, जेठ ११, २०७९
सरकारले स्थानीय तहको निर्वाचनपछिका १० दिनमा मात्रै दुईपटक इन्धनमा मूल्य बढाएपछि विद्यार्थी संगठनले त्यसको विरोध गरेका छन् । उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विरोध गर्दै आएका हुन् । मंगलबार १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय
बुधबार, जेठ ११, २०७९
स्याङ्जाको पुतलीबजार नगरपालिकाले सदरमुकाम पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय गरेको छ । नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए ।
इन्धनको महँगो उपहार
बुधबार, जेठ ११, २०७९
दुई वर्षको कारोना महामारीबाट आर्थिक रुपमा कमजोर बनेका नागरिकहरुका लागि सरकारले पटक पटक इन्धनको महँगो उपहार दिने गरेको छ । आर्थिक रुपमा कमजोर भएका नागरिकलाई सरकारले सहुलियत दिनुपर्नेमा उल्टै महँगीको उपहार दिएको छ । यो अत्यन्त दुखद् र लाजमर्दो विषय हो ।
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
मंगलबार, जेठ १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।


