Shittalpati
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।
हतियारसहित तीन भारतीय पक्राउ
हतियारसहित तीन भारतीय पक्राउ रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता
पाल्पामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एकको मृत्यु, एक वेपत्ता जिल्लाको तिनाउ गाउँपालिका –२ झोलुङ्गे पुलस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना वेपत्ता छन् । सिद्धबाबा दर्शन गरेर खोलामा पौडी खेल्न गएका भारत युपि दोहोरिया गोरखपुरका १८ वर्षीय नन्द कुमार निसादको खोलाले बगाएर ज्यान गएको हो ।
महँगीको मारमा विद्यार्थी
महँगीको मारमा विद्यार्थी पछिल्लो समय महँगीका कारण निम्न आय भएका मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु समेत बढी मर्कामा परेका छन् । इन्धनको मूल्यमा भएको अचाकल्ली वृद्धिले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर गरेका कारण विद्यार्थीहरु बढी मारमा परेका हुन् ।
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।
नेप्से परिसूचक ५७ अंकले बढ्यो
नेप्से परिसूचक ५७ अंकले बढ्यो आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । परिसूचक बढेसँगै नेप्से २०८६ अंकमा पुगेको हो । नेप्से परिसूचक बढेपछि कारोबारमा समेत वृद्धि भएको छ ।
परिचर्चाको राजनीति
परिचर्चाको राजनीति नेपाली राजनैतिक वृत्तमा अहिले असार १७ को हल्लाले बजार तातेको छ । मुलुकका हरेक परिवर्तनमा असार १७ को योगदान ठूलो भएर होला अहिले यो हल्ला व्यापक रुपमा बढेको देखिन्छ । ओलीका रसीला टुक्का र देउवाका ज्योतिषी पाराले गर्दा हरेक ठूलादलहरु भित्र नयाँ तरंग मौलाएको अवस्था प्रति हरेक कोणबाट हेर्नेहरुका लागि...
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ
पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ त्येक वर्षहरुमा जस्तै यसपाली पनि शैक्षिक भ्रमण, अध्ययन अवलोकन भ्रमण, धार्मिक यात्रा आदि आदिका लागि मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु बग्रेल्ती देखिएन थालेका छन् तानसेन बजारमा । उनीहरु आउँदा, घुम्दा, कहाँ जाने छन्, के हेर्ने छन् थाहा छैन ? कसैलाई चासो पनि छैन् तानसेन आएर के हेर्छन् भनेर ।
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक
विज्ञापन सम्बन्धी आचारसंहिता सार्वजनिक विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन बोर्डले एक औपचारिक कार्यक्रमको आयोजना गरी आचारसंहिता सार्वजनिक गरेको हो ।
थप ५३ जनामा कोरोना
थप ५३ जनामा कोरोना पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।
मल बिना नै धान रोप्दै किसान
मल बिना नै धान रोप्दै किसान पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन ।
Weather Update