नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असार २६ गते आइतबार
आइतबार, असार २६, २०७९
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
शनिबार, असार २५, २०७९
आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
शनिबार, असार २५, २०७९
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
एनसेलले ल्यायो आकर्षक प्याक
शनिबार, असार २५, २०७९
एनसेल आजियाटा लिमिटेडले आकर्षक प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आर्कषक प्याक ल्याएको हो ।
असारे विकासको पुनरावृत्ति
शनिबार, असार २५, २०७९
आर्थिक वर्ष पूरा हुनका लागि एक साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइन्छ ।
राजस्व संकलनमा कमी
शनिबार, असार २५, २०७९
जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारवाही गरेबापतको राजस्व घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याड्ढ हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शनिबार, असार २५, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
पाल्पामा खिचिएको ‘परदेशी–२’ को टिजर रिलिज
शुक्रबार, असार २४, २०७९
पाल्पा जिल्लामा पनि छायाँकन गरिएको नारायण रायमाझी निर्देशित प्रतिक्षित चलचित्र ‘परदेशी–२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत तय गरेको हो । दशैंको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।
तानसेन क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन
शुक्रबार, असार २४, २०७९
तानसेन बहुमुखी क्याम्पसमा साहित्य तथा संस्कृति विभाग गठन भएको छ । साहित्यलाई क्याम्पसको शैक्षिक गतिविधिहरुसँग समाहित गर्ने उद्देश्यले विभाग गठन गरिएको हो ।
वाणी, बोली र समृद्धि
शुक्रबार, असार २४, २०७९
कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन...
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै
शुक्रबार, असार २४, २०७९
नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका...


