Shittalpati
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा
तिनाउ कोभिड पूर्ण खोप सुनिश्चित पालिका घोषणा जिल्लाको तिनाउ गाउँपालिका पाल्पाकै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिका कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने ७ सय ५३ स्थानीय तहमध्येमा पाँचौ र गाउँपालिका मध्ये दोस्रो भएको छ ।
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन
नेपाली काँग्रेस पाल्पा क्षेत्र नं.२ को कार्यालय उद्घाटन नेपाली काँग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ । बुधबार तानसेनको लहरेपिपलमा एक औपचारिक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गरिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै सभापति श्रेष्ठले गठबन्धनबिचको छलफल सहमति नजिक पुगेको बताएका छन् ।
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी
स्थानीय तह निर्वाचन : रामपुरको उपमेयरमा १० जनाको दावी आसन्न स्थानीय तह निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । विभिन्न राजनीतिक दलबाट आकांक्षीहरूले आफ्नो दाबेदारी पेस गर्ने क्रम जारी छ । अहिले एउटै पार्टीबाट पनि धेरै जनाले नगरप्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र वडा अध्यक्षमा दावी गरिरहेका छन् ।
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो
पाल्पाको तिनाउमा पहिरोमा परी एक जनाको ज्यान गयो जिल्लाको तिनाउ गाउँपालिका –१ कलचमा पहिरोमा परी एक जनाको ज्यान गएको छ । बुधबार विहान सोही ठाउँका ६१ वर्षीय दिलबहादुर हिस्कीको पहिरोमा परेर ज्यान गएको हो ।
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने
पाल्पा रेडक्रसको खोज र खोप अभियान, पालिकालाई शत प्रतिशत कोभिड खोप सुनिश्चत गर्ने जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले खोज र खोप अभियान सञ्चालन गरेको छ । उसले पाल्पाको निस्दी र पूर्वखोला गाउँपालिकालाई कोभिडको शत प्रतिशत खोप सुनिश्चत भएको गाउँपालिका बनाउनका लागि खोज र खोप अभियान सञ्चालन गरेको हो ।
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै
वैशाख ८ देखि रामपुरमा बेल विवाह हुँदै जिल्लाको रामपुरमा बेल विवाह हुने भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा बैशाख ८ गते देखि १० गते सम्म बेल विवाह (सामुहिक ईहि यज्ञ ) हुने भएको हो । बेल विवाह नेवार समुदायमा परम्परादेखि चल्दै आएको संस्कृति हो । महिनावारी नभएका कन्या केटीहरुको ७ वर्ष तथा ९ वर्षमा बेल...
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’
‘कानुनको अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताउका छन् । लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले भने, ‘आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।’
यामाहा एमटी–१५ बीएस ६ को उत्पादन कार्य अन्तिम चरणमा
यामाहा एमटी–१५ बीएस ६ को उत्पादन कार्य अन्तिम चरणमा यामाहा नेपालले यामाहा एमटी–१५ बीएस ६ मोटरसाइकलको उत्पादन अन्तिम चरणमा पुर्‍याएको छ । उसले एमटी–१५ बीएस ६ मोटरसाइकलको सम्पूर्ण काम सकेर डेलिभरीको अन्तिम चरणमा रहेको जनाएको छ । एमटी–१५ बीएस ६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्न सक्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले...
चुनावको आशंका कायमै
चुनावको आशंका कायमै निर्वाचन दिनदिनै नजिकिँदै छ । उम्मेदवारी दर्ता गर्ने समय आउन अब ५ दिन मात्र बाँकी छ । तर निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयमा अझै आशंका र भ्रम जनमानसमा बाँकी नै छन् । गठबन्धन गरेर चुनावी मैदानमा जाने निर्णय गरेका राजनीतिक दहरुले अझै पनि उम्मेदवारीको टुङ्गो लगाउन सकिरहेका छैनन् ।
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल
एक चिकित्सकको भरमा पँचास शैयाको अस्पताल रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएको हो । पँचास शैयाको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ ।
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित
बिमा कार्यक्रमको सेवा बन्द गर्ने मिसन अस्पतालको निर्णय स्थगित स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा सेवा बन्द गर्ने निर्णय गरेको तानसेनको युनाइटेड मिसन अस्पतालले उक्त निर्णय स्थगित गरेको छ । स्वाथ्य बिमा बोर्डबाट केही रकम भुक्तानी भएपछि अस्पतालले सेवा बन्द गर्ने निर्णय स्थगित गरेको हो ।
Weather Update