आज विश्व पृथ्वी दिवस मनाइँदैं
शुक्रबार, वैशाख ९, २०७९
आजदेखि एसइई परीक्षा, पाल्पाबाट ४ हजार ८ सय ४१ परीक्षार्थी सहभागी हुँदै
शुक्रबार, वैशाख ९, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याड्ढनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष...
जनप्रियका विद्यार्थी विद्यालयमै बसेर एसइईको तयारी गर्दै
शुक्रबार, वैशाख ९, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका ६ जनप्रिय मावि हेक्लाङका विद्यार्थीहरु विद्यालयमै बसेर एसइईको तयारी गरिरहेका छन् । विद्यालयले एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई विद्यालयमै खाना, खाजा तथा बासको व्यवस्था मिलाएसँगै उनीहरु शिक्षकको सहयोगमा एसइईको तयारी गरिरहेका हुन् । विद्यालयले चैत्र ४ गतेदेखि विद्याथीहरुलाई विद्यालयमै राखेर परीक्षाको तयारीमा लगाएको हो ।
एनसेलको नयाँ योजना : इन्डलेस कम्बो प्याक
शुक्रबार, वैशाख ९, २०७९
एनसेल आजियाटा लिमिटेडले नयाँ वर्ष योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै नयाँ वर्ष योजना ल्याएको हो । एनसेल आजियाटा लिमिटेडले नयाँ योजनामा भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ ।
पृथ्वी दिवसको सान्दर्भिकता
शुक्रबार, वैशाख ९, २०७९
विश्वभर विभिन्न कार्यक्रमहरू गरी आज विश्व पृथ्वी दिवस मनाइँदै छ । सन् २००९ मा संयुक्त राष्ट्र संघको ६३ औं महासभाले अप्रिल २२ का दिन पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । पृथ्वीको संरक्षण र पुनस्थापित गर्ने उद्देश्य राखेर यो दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष यो दिवस मनाइने...
धुर्कोटको अध्यक्षमा काँग्रेसबाट भण्डारी
बिहीबार, वैशाख ८, २०७९
धुर्कोट गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट महेन्द्र भण्डारी उमेदवार भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र प्रसाद भण्डारी नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
रामपुरमा सुरू भयो बेल विवाह
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको रामपुरमा बेल विवाह अर्थात् सामुहिक ईहि यज्ञ सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यज्ञको बिहीबारदेखि विधिवत रुपमा सुरु भएको हो । नेवाः समाज रामपुरको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको जनाइएको छ ।
पाल्पाका दशवटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
बिहीबार, वैशाख ८, २०७९
आसन्न स्थानीय तहको निर्वाचन गराउनका लागि पाल्पाका दशवटै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् ।
प्रविधिमैत्री बन्दै कुसुम सहकारी
बिहीबार, वैशाख ८, २०७९
पाल्पाको तानसेनमा प्रधान कार्यालय रहेको कुसुम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड प्रविधिमैत्री बन्दै गएको छ । स्थापनाको छोटो समयमै सहकारीले आफ्नो सेवालाई प्रविधिसँग जोड्दै लगेको हो । उसले सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि चेक, मोबाइल एप्स र एस.एम.एस सेवाको सुरुवात गरेको छ ।
माथागढीले निर्माण गर्यो मातृभाषामा पाठ्यपुस्तक
बिहीबार, वैशाख ८, २०७९
जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको माथागढी गाउँपालिकाले मातृभाषमा पाठ्यपुस्तक समेत निर्माण गरेको छ । गाउँ सरकारले स्थानीय पाठ्यक्रममा आधारित रहेर पठनपाठन गर्दै आएका गाउँपालिका भित्रका बालबालिकाहरुका लागि अहिले मातृभाषाका पाठ्यपुस्तक तयार गरेको हो ।
गुल्मी महोत्सवमा ६ करोड कारोवार
बिहीबार, वैशाख ८, २०७९
जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको महोत्सवमा ६ कारोडको कारोबार भएको छ । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा करिव ६ करोड बढीको आर्थिक कारोवार भएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।
छन्द दिवसको सन्दर्भ
बिहीबार, वैशाख ८, २०७९
आज छन्द दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदै छ । साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण गर्ने उद्देश्यसहित आज यो दिवस मनाउन लागिएको हो । कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएपछि कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए ।


