पाल्पा, नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई एनसेनमा डाटा शुल्क नलाग्ने भएको छ । एनसेल आजियटा र बैंक बीच नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्नेसम्बन्धी सम्झौतामा भएसँगै मोबाईल बैंकिङ निःशूल्क हुने भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकलले एनसेलको सिम प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ । नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकलाई यसअघि नै यो सुविधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्कमार्फत नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन । डिजिटल बैकिङलाई प्रवद्र्धन गरी ग्राहकलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।