रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
मंगलबार, भदौ २८, २०७९
पत्रकारको क्षमता विकास गर्न तालिम चलाउन्छौ : सभापति लम्साल
मंगलबार, भदौ २८, २०७९
नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारहरुको क्षमता विकासका लागि नेपाल प्रेस युनियनले देशभर तालिम चलाउने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लम्सालले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि युनियनले पाल्पा सहित देशभर तालिम सञ्चालन गर्ने बताएका हुन् ।
‘विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक’
मंगलबार, भदौ २८, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले विश्वसँग प्रतिस्पर्धा गर्न सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । सोमबार तानसेन बहुमुखी क्याम्पसको ३३ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री रानाले अहिलेको आवश्यकता विश्व समुदायसँग प्रतिस्पर्धा गर्न सक्ने सीप र संस्कार सहितको प्राविधिक शिक्षा रहेको बताएका...
रेसुङ्गा क्षेत्रको सरसफाई गरियो
मंगलबार, भदौ २८, २०७९
जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा सरसफाई गरिएको छ । गत साउनमा सञ्चालन भएको मेलामा संकलन भएको फोहोर सरसफाई गरिएको हो । रेसुङ्गा क्षेत्रमा नेपाल पंक्षी संरक्षण संघ गुल्मी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ पराल्मी र गुल्मीदरवार गाउँपालिका वडा नम्बर–१ वलिथुमका जनप्रतिनिधी, क्लवका प्रतिनिधीहरुको सहभागितामा सरसफाई गरिएको...
५१ जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण
मंगलबार, भदौ २८, २०७९
स्थानीय तह निर्वाचनका लागि फरक–फरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण आयोगमा पेश गर्नुपर्ने प्रावधान छ । रुपन्देहीमा सबैभन्दा अन्तिममा मत परिणाम...
डेंगु रोकथाममा ध्यान देऊ
मंगलबार, भदौ २८, २०७९
पछिल्लो समय देशका ७० जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । कोरोना महामारी कायम रहे पनि डेंगु संक्रमणले थप समस्या उत्पन्न गराएको छ । नेपालमा पछिल्लो समय डेंगु प्रकोपबाट दैनिक सयौँ बिरामी भेटिने गरेको पाइन्छ । पाल्पामा पनि डेंगुका बिरामी भेटिएका छन् । पाल्पा सहित केही जिल्लाहरुमा कीट अभावका कारण अझै...
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस
सोमबार, भदौ २७, २०७९
आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।
रम्भामा एमालेको चुनावी प्रशिक्षण
सोमबार, भदौ २७, २०७९
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी एमालेले चुनावी प्रशिक्षणलाई तिव्रता दिएको छ । उसले आफ्ना उम्मेदवारहरुलाई निर्वाचनमा विजयी बनाउने उद्देश्य सहित चुनावी प्रशिक्षणलाई तिव्रता दिएको हो । एमालेले रम्भा गाउँपालिकामा पालिका स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम गरेको छ ।
पाल्पामा नेपाली सेनाले मनायो वार्षिक उत्सव
सोमबार, भदौ २७, २०७९
पाल्पामा नेपाली सेनाले वार्षिक उत्सव मनाएको छ । यहाँको दि फेमस महिन्द्र दल गणले एक औपचारिक कार्यक्रमका बिच १७८ औं वार्षिक उत्सव मनाएको हो । नेपाली सेना २२ नं बाहिनीपती, विभिन्न जिल्लाका गणपती, जिल्लाका सुरक्षा निकाय, सरकारी कार्यालय, संघ संस्था र पूर्व नेपाली सेनाको सहभागितामा गणले कार्यक्रम गरेको छ ।
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड
सोमबार, भदौ २७, २०७९
टनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले ७ करोड ६ लाख ५३ हजार बराबरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा...
रेसुङ्गाका ९ जना शिक्षक र कर्मचारीलाई स्वेच्छिक अवकाश
सोमबार, भदौ २७, २०७९
आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक तथा कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको छ । क्याम्पस सञ्चालन समितिको शनिबार बसेको बैठकले ७ जना शिक्षक र २ जना कर्मचारी गरी ९ जनालाई स्वेच्छिक अवकाश गर्ने निर्णय गरेको हो ।
कुमारी बैंकको १८ हजार कित्ता संस्थापक सेयर विक्रीमा
सोमबार, भदौ २७, २०७९
कुमारी बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको १८ हजार ९ सय ३२ कित्ता २ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएका छन् । बैंकका संस्थापक सेयरधनी महेश सिंहले १७ हजार ९ सय ३२ र ललितबहादुर केसीले १ हजार कित्ता आइतबार (भदौ २६)देखि सेयर बिक्रीमा ल्याएका हुन् ।


