‘बचत गरौं, च्याम्पियन बनौं’ योजना
बुधबार, मंसिर ७, २०७९
पाल्पा–२ (१) मा दुई हजार पाँच सय बढीले काँग्रेसका वीरबहादुर राना अगाडि
बुधबार, मंसिर ७, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ७ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार ५ सय ४० मतले अगाडि छन्...
पाल्पा –२ मा गैरेले मतान्तर घटाए, पछ्याउँदै पाण्डेय
बुधबार, मंसिर ७, २०७९
पछिल्लो मत परिणाम अन्ुसार पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ठाकुर प्रसाद गैरेले मतान्तर घटाएका छन् । उनले एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसँगको मतान्तर केही घटाएका हुन् ।
पाल्पा –१ मा एमालेको अग्रता कायमै
बुधबार, मंसिर ७, २०७९
पाल्पा क्षेत्र नं. १ मा एमालेको अग्रता कायमै छ । यहाँ एमालेका उम्मेदवारहरुले सुरुदेखि नै अग्रता लिई रहेका छदेखि नै अग्रता लिई रहेका छन् ।
पाल्पा –२ मा दुई हजार दुई सय बढी मतले पछि परे पूर्वमन्त्री पाण्डेय
बुधबार, मंसिर ७, २०७९
पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेय एमालेका उम्मेदवारभन्दा झण्डै दुई हजार दुई सय ८ मतले पछि परेका छन् ।
पाल्पा–२ (१) मा २ हजार बढी मतले काँग्रेसका वीरबहादुर राना अगाडि
बुधबार, मंसिर ७, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका वीरबहादुर राना सुरुवातीदेखि नै अग्रस्थानमा छन् । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री समेत रहेका राना बगनासकालीका ९ वटा वडा र तानसेनका ६ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक हुँदासम्म २ हजार १ सय ३९ मतले अगाडि आएका...
गुल्मीको सत्यवतीमा जिप दुर्घटना, ५ को मृत्यु, ४ जना घाइते
बुधबार, मंसिर ७, २०७९
ल्मीको सत्यवतीमा गाउँपालिका– ३, ठूलोलुम्पेक स्थित कुडडाँडामा जिप दुर्घटना भएको छ । आज विहान ठूलोलुम्पेको गेंझाबाट कुडडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना भएको हो ।
गुल्मी –२ मा झाँक्री भन्दा विष्ट २ हजार बढी मतले अगाडि
मंगलबार, मंसिर ६, २०७९
गुल्मी क्षेत्र नम्बर २ मा एमाले सचिव गोकर्ण विष्टको अग्रता कायमै छ । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३ सय ९२ मतले पछि पार्दै विष्टले आग्रता लिइरहेका छन् ।
अझै नौ निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी
मंगलबार, मंसिर ६, २०७९
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ ।
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
मंगलबार, मंसिर ६, २०७९
चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।
पाल्पामा एमालेको अग्रता कायमै
मंगलबार, मंसिर ६, २०७९
पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ५ हजार १ सय ६७ मत ल्याएर अग्रस्थानमा छन् ।

.jpg)
