पाल्पा–२ (१) मा वीरबहादुर रानाको अग्रता कायमै
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं–४ मा गगन थापा विजयी
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।
पाल्पामा स्थानीय तह भन्दा ८ प्रतिशत मत कम खस्यो
मंगलबार, मंसिर ६, २०७९
पाल्पामा स्थानीय तहभन्दा कम मत खसेको छ । आइतबार सम्पन्न प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाभर ६० दशमलव ९४ प्रतिशत मत खसेको छ । जिल्लामा २ लाख १ हजार ३ सय २६ मतदात रहेकोमा १ लाख २२ हजार ६ सय ९४ मत खसेको हो ।
एक सय ७९ वित्तीय संस्थाको लाइसेन्स खारेज
मंगलबार, मंसिर ६, २०७९
एक सय ७९ वित्तिय संस्थाहरुको लाइसेन्स खारेज भएको छ । मर्जर तथा एक्विजिसनका कारणले मात्र गत असोजसम्म राष्ट्र बैंकले एक सय ७९ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको हो । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले करिव एक दशक अघि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने...
उत्साहहीन मतदाता
मंगलबार, मंसिर ६, २०७९
पछिल्ला निर्वाचनहरुमा आम मतदाताहरुको उत्साह क्रमश घट्दै गएको छ । राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही राजनीतिक दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
गुल्मी –२ मा गोकर्ण विष्टको अग्रता
मंगलबार, मंसिर ६, २०७९
छिल्लो मत परिणाम अनुसार जिल्लाको क्षेत्र नं .२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमाले नेता तथा पूर्ण मन्त्री गोकर्णराज विष्ट ८ हजार ७७ मत ल्याएर अग्रस्थानमा छन् ।
पाल्पामा एमाले अगाडि, पछ्याउदै गठबन्धन
मंगलबार, मंसिर ६, २०७९
,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अन्ुसार एमालेका उम्मेदवार अगाडि आएका छन् ।
पाल्पा –२ मा गठबन्धन अगाडि
सोमबार, मंसिर ५, २०७९
पाल्पा क्षेत्र नं . २ मा सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
पाल्पा क्षेत्र नं . १ मा पनि थालियो मत गणना
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना सुरु भएको छ । करिव ६ः१५ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको हो । यहाँ निस्दी गाउँपालिका १ को बाकामलाङबाट मतगणना सुरु भएको छ ।
पाल्पा क्षेत्र नं. २ को मत गणना सुुरु
सोमबार, मंसिर ५, २०७९
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । करिव ४ बजेतिर यस क्षेत्रको मतगणना सुरु भएको मत गणनास्थलबाट हाम्रा संवाददाता कृष्ण पोखरेलले बताए ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
सोमबार, मंसिर ५, २०७९
कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।


