नवजनचेतना राष्ट्रिय दैनिक २०७९ मंसिर १९ गते सोमबार
सोमबार, मंसिर १९, २०७९
रामपुरका विपन्न परिवारलाई खाद्यन्न
आइतबार, मंसिर १८, २०७९
जिल्लाको रामपुर नगरपालिका भित्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको छ । स्लामिक संघ नेपालले रामपुर नगर सरकारको समन्वयमा नगर भित्रका ५० घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको हो ।
विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप
आइतबार, मंसिर १८, २०७९
आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा...
आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
आइतबार, मंसिर १८, २०७९
रेमिट्यान्स कम्पनी आईएमईले सर्वसाधरणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा भएको कम्पनीको २२ औं साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
अपाङ्ग दिवसको सार्थकता
आइतबार, मंसिर १८, २०७९
अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइरहेको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो । शनिबार विविध कार्यक्रमहरुको...
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो
शनिबार, मंसिर १७, २०७९
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६...
जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु, नौ घाइते
शनिबार, मंसिर १७, २०७९
धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो
शनिबार, मंसिर १७, २०७९
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।
नेपालको मुख्य रोग भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : डा.भण्डारी
शनिबार, मंसिर १७, २०७९
नेपाली काँग्रेसका नेता एंव प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा.चन्द्र भण्डारीले नेपालको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । डा. भण्डारीले नेपाल बन्न नसक्नु र पछाडी पर्नुको मुख्य कारण भ्रष्टाचार भएको र त्यसको अन्त्य गर्न सबै एक भएर लाग्नुपर्ने बताएका हुन् ।
पाल्पाका ३३ जना उम्मेदवारहरुको जमानत जफत
शनिबार, मंसिर १७, २०७९
पाल्पाका प्रतिनिधिसभा र प्रदेशसभाका ३३ जनाको उम्मेदवारहरुको जमानत जफत भएको छ । १२ जना उम्मेदवारहरुले जमानत र्फिता पाएका छन् । विजेता ६ जना बाहेकका नेपाली काग्रेसका ३ जना, नेकपा एमालेका २ जना, उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन् । कुल सदरमतको १० प्रतिशत मत ननपाएको उम्मेदवारको जमानत जफत हुने...
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
शनिबार, मंसिर १७, २०७९
आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइदै छ । सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बरका दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि गरिन्छ ।
इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’
शनिबार, मंसिर १७, २०७९
नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।


