नेवारी संस्कृति योमरी पुन्हि
बिहीबार, मंसिर २२, २०७९
स्थिर सरकार देऊ
बिहीबार, मंसिर २२, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै अब मुलुकको नेतृत्व कसले गर्छ भन्ने सबैको चासोको विषय बनेको छ । हालसम्मको चुनावी परिणामले स्थायी र बलियो सरकार बन्ने संकेत भने देखिँदैन । नयाँ सरकार बनाउँदा दुई वा दुईभन्दा बढी पार्टीहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण
बुधबार, मंसिर २१, २०७९
सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
पत्रकारलाई उपचारमा छुट
बुधबार, मंसिर २१, २०७९
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा.कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी
बुधबार, मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
बुधबार, मंसिर २१, २०७९
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ...
पाल्पामा बिहे भोज खाएका एक सय ८० बिरामी, अधिकांसमा झाडापखाला
बुधबार, मंसिर २१, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा विवाहको भोज खाएका एक सय ८० जना बिरामी परेका छन् । स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका चिर्तुङ्गधारास्थित घोरबन्दका एक सय ३५ जना र प्यूूठानबाट जन्ती आएका ४५ जना गरी एक सय ८० जना विरामी भएका हुन् ।
नयाँ पुस्ताको सरकार बनोस्
बुधबार, मंसिर २१, २०७९
मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका...
गुल्मीमा विकास निर्माणप्रति सरोकारवालाको चासो
मंगलबार, मंसिर २०, २०७९
जिल्लाका सरोकारवालाहरुले विकास निर्माणप्रति चासो देखाएका छन् । उनीहरुले निर्माण व्यवसायीहरुको कारण विकास निमार्णका कामले गति लिन नसकेको भन्दै ढिलाई नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
पाल्पामा बिहे भोज खाएपछि सिंगो गाउँका नै विरामी
मंगलबार, मंसिर २०, २०७९
जिल्लाको एक गाउँमा बिहेको भोज खाएपछि सबै जना विरामी भएका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा शनिबार बिहे भोज खाएका एकै गाउँका एक सय भन्दा बढी व्यक्ति विरामी परेका हुन् ।
टिपर दुर्घटनामा एक जनाको मृत्यु
मंगलबार, मंसिर २०, २०७९
नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


