प्रचण्ड सरकार ढल्यो, प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
शनिबार, असार २९, २०८१
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला
शनिबार, असार २९, २०८१
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
शनिबार, असार २९, २०८१
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे ।
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता
शनिबार, असार २९, २०८१
बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ । पहिरोले ठूलो मानविय र भौतिक हुन पुुगेको छ ।
आज भानु जयन्ती मनाइँदै
शनिबार, असार २९, २०८१
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।
भानुभक्तको योगदानको कदर गरौं
शनिबार, असार २९, २०८१
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
सिमलताल बस दुर्घटना : तीनजना पौडिएर बाँचे
शुक्रबार, असार २८, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
माथागढीकी बेपत्ता महिला खोलामा मृत फेला, कालिगण्डकी किनारमा अर्का पुरुष मृत भेटिए
शुक्रबार, असार २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ झडेवाकी बेपत्ता भएकी एक महिला खोलामा मृत भेटिएकी छन् । गत असार २२ गते खेतमा काम गरी बेलुकी घर फर्किने क्रममा बेपत्ता भएकी झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रधानमन्त्री प्रचण्डले पाँचौँपटक विश्वासको मत लिंदै
शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाको बैंठकमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्री प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु
बिहीबार, असार २७, २०८१
मुसा मार्न प्रयोग गरिने विष सेवन गर्दा गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ ठाँटीकाचौरकी सपना सुनारकी चार वर्षीया छोरी प्रिन्सा सुनारको विष सेवनबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा रानीमहलले गर्यो पद हस्तान्तरण तथा अवार्ड वितरण
बिहीबार, असार २७, २०८१
जिल्लाको सामाजिक र मानविय सेवामा क्रियाशिल रहेको लायन्स क्लब अफ पाल्पा रानीमहलले पद हस्तान्तरण तथा विभिन्न अवार्ड वितरण गरेको छ । क्लवले तानसेनमा एक भव्य समारोहकाबिच पद हस्तान्तरण तथा अवार्ड वितरण गरेको हो ।


