२०४५/०४६ सालसम्म पाल्पामा खेलको रौनक, आकर्षण र प्रतिष्पर्धात्मक जिल्लास्तरिय वा राष्ट्रियस्तरका प्रतियोगिताको चहलपहल व्यापक थियो । फुटबल, भलिबल लगायत खेल विधामा पाल्पाका राष्ट्रिय खेलाडीहरु समेत प्रशस्तै थिए । नेपालमा राजनीतिक परिवर्तन भएपछि मुलुकमा सबै क्षेत्रमा गतिशिलता आउँछ भन्ने कल्पना पाल्पाले पनि गरेको थियो । परिवर्तन पश्चात भने पाल्पाको खेलकुद क्षेत्र सुस्तायो । खेलकुद इतिहासमा पनि खाडल देखियो । गतिविधि झनै सुस्तायो । करिव ४ दशक पश्चात अहिले केही व्यवस्थित गर्ने र पुरानो शाख फर्काउने प्रयत्न गरिदैछ तर गहिरो निराशामा रहेको खेल अझै उठ्न सकेको देखिदैन । अहिलेसम्म यस पक्षलाई न जिल्लामा छलफलको विषय बनाइएको छ न स्थानीय तह, निकाय वा स्थानीय सरकारले सामूहिक पहल र प्राथमिकतामा पार्न सकेका छन् । यो अवस्थाले पाल्पाका खेलाडी र खेलप्रेमी अनि खेललाई आफ्नो भविष्य बनाउने अभिलाषा लिएका युवा जमातहरु निराश भए र यो क्षेत्रको आकर्षणबाट अधिकांश पलायन भएर गए । यो अवस्थाले खेलाडी उत्पादनलाई मात्र असर गरेको होइनकी समग्र पाल्पामा खेल क्षेत्र र तानसेन बजारलाई त्यसको प्रभाव परेको देखिन्छ । यति मात्र होइन पाल्पाले खेलका विविध विधामा बोकेको सम्भावना पनि खुम्चिएको छ ।
यो पृष्ठभूमिमा पाल्पाको खेलकुदको सम्भावना उजागर गर्न र पुरानो शाख एवं आकर्षण फर्काउनका लागि गर्न के सकिन्छ भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । यही जिज्ञासाको सेरोफेरोमा रहेर गत वर्ष जिल्लाको खेलकुद विकासका लागि खेलकुद नीति निर्माण आवश्यक छ र सोही अनुरुपको संयन्त्र निर्माणका लागि संयोजन गर्ने गरी जिल्ला खेलकुद विकास समितिले पहल गर्ने गरी एक भेला आयोजना गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेको पहलमा आयोजित सो छलफलले खेलकुद नीतिका लागि पहल गर्ने गरी एक प्रतिवद्ध समूह समेत गठन ग¥यो । छलफलका क्रममा पाल्पाको खेल मध्ये गर्विलो इतिहास भएका फूटबल र भलिबल रहेको साथै व्याडमिन्टन र कराते लगायतमा पनि प्रेरणाजन्य उदाहरण भएको बारे चर्चा गरिएको थियो । यसै गरी नयाँ खेल सम्भावनामा कालिगण्डकी किनारमाबिच भलिवल र तानसेनमा साइक्लिङको पनि बढ्दो आकर्षण देखिन्छ । यसैगरी क्रिकेट एवं एथलेटिक्समा पनि ठूलो सम्भावना रहेको सन्दर्भ समेतमा चर्चा गरिएको थियो । नेपालमा पर्यटन प्रवद्र्धन र नयाँ नयाँ विकासका सम्भावनाको कुरा गर्दा खेल पर्यटनले समेत ठूलो योगदान दिन सक्ने सम्भावना औल्याइएको सन्दर्भमा पाल्पामा यो झनै सम्भावना देखिन्छ । भौगोलिक एवं प्राकृतिक तथा इतिहांस र संस्कृतिको हिसावले पाल्पा खेलकुद क्षेत्रका लागि उत्तम थलो र प्रदेशको एक मात्र बाह्रै महिना खेल आयोजना हुन सक्ने जिल्ला पनि मानिन्छ । पाल्पाका अधिकाशं पालिकामा प्रदेशस्तरिय –(तानपा र रामपुर नपामा राष्ट्रिय खेल हुन सक्ने) पुर्वाधारहरु तयार भएको, तुलनात्मक हिसावले खेल विधाका अधिकाश खेलाडी उत्पादन हुन सक्ने सम्भावना रहेको देखिन्छ । तर प्रशासनिक संरचना र अधिकारका हिसावले पालिकाहरु आफ्नै रणनीतिमा लाग्ने हुनाले जिल्लास्तरिय सोच, अवधारणा, लक्ष्य कमजोर बन्न थालेको अवस्थामा जिल्ला स्तरिय नीति बन्ने सम्भावना कमजोर बन्न थालेको देखिन्छ । यसर्थ जिल्ला खेलकुद विकास समितिद्धारा जिल्लास्तरिय खेलकुद विकास नीतिका लागि पहल गर्नुपर्ने आवश्कता देखिन्छ ।
यस नीतिले जिल्लाको समग्र खेल निति र कार्यक्रम अनि हरेक खेलको केन्द्रीकृत सूचना प्रणालीको व्यवस्थापन गर्दै जिल्लामा हुने हरेक खेल आयोजनाको अभिलेख मात्र होइन् क्यालेण्डर समेत निर्माण गर्ने लक्ष्य लिनेछ । यही सन्दर्भमा एक अवधारणा समेत तयारपारि सोको सेरोफेरोमा रहेर अगाडि बढ्ने निर्णय समेत गरिएको थियो । विभिन्न चरणमा विभिन्न गतिविधि गर्ने गरी अवधारणा पत्रको अनुमोदन गरिएको थियो । अवधारणाले विभिन्न तिन चरणमा गतिविधिलाई विभाजन गरी प्रारम्भिक पहलमा निम्नानुसारका गतिविधि अगाडि बढाउने उल्लेख गरेको थियो ।
१) जिल्ला स्तरिय खेल विकास र प्रवद्र्धनका लागि प्रतिबद्ध समूह गठन गर्ने ।
२) प्रारम्भिक नीतिको खाका तयार पार्ने ।
३) हरेक पालिका स्तरिय, वार्ड र क्लव स्तरिय, विद्यालय स्तरिय गतिविधिको अनुमति स्विकृति एवं अभिलेखका लागि फर्मेट तयार पार्ने ।
४) हरेक पालिकाको नीति वा कार्यक्रम र प्राथमिकताको विवरण संकलन साथै विधागत खेलाडीे , प्रशिक्षक, रेफ्रिहरुको विवरण पालिका, वार्ड क्लव र विदागत संघहरुबाट संकलन गर्ने ।
५) पालिका तहबाट उपलव्ध र सम्भाव्य खेल मैदान, कभर्डहलको लगत संकलन गर्ने ।
दोश्रो चरण :
१) सम्पूर्ण पालिकाका अध्यक्ष वा प्रमुख र खेल शाखा प्रमुख, सम्वद्ध संघहरु, अन्य खेलकुद क्षेत्रका सहयोगी संस्था, क्रियाशिल क्लवहरु, खेल सहयोगीहरु, प्रशिक्षक, रेफ्रि लगायतको सहभागितामा जिल्लास्तरिय अन्तक्र्रिया आयोजना र संकल्प र प्रतिवद्धता कायम गर्ने ।
तेश्रो चरण : जिल्लास्तरिय खेल निति , सम्भाव्य कार्यक्रमसहित पालिकाको निति तथा कार्यक्रममा समावेश गर्न पालिकास्तरिय बैठक र प्रवेशिकरण गर्ने ।
चौथो चरण : सम्भाव्य खेल क्षेत्र वा निकायका लागि पुर्वाधार विकास, एकेडेमी सञ्चालन, प्रतियोगिता सञ्चालनका लागि प्रस्ताव पेश र निरन्तर पहल गर्ने जस्ता लक्ष्य लिइएको थियो ।
अवधारणाले यसो गर्दा जिल्लाले प्राप्त गर्ने लाभ र खेल क्षेत्रमा पर्ने प्रभावको बारेमा समेत चर्चा गर्दै भनेको थियो ः
१) पाल्पाको खेल विकासका लागि व्यवस्थित नीति र पहल हुनेछ ।
२) हरेक पालिकाको व्यवस्थित र प्राथमिकतामा खेल क्षेत्र पर्ने र जिल्लामा हुने ९० प्रतिशत खेल गतिविधिको अभिलेखिकरण र क्यालेण्डर बन्ने छ ।
३) राष्ट्रिय तथा प्रदेश स्तरिय खेलकालागि आकर्षण हुने र खेलाडी बृद्धि हुनेछ ।
४) आन्तरिक तथा वाÞय खेल लगानी (पूर्वाधार विकास र इभेन्ट आयोजना) हुनेछ ।
५) नयाँ खेल गन्तव्य र विधागत खेल सम्भावनाको अध्ययन प्रारम्भ हुनेछ ।
६) खेलप्रति आकर्षण र खेलाडीको मनोवल विकास र प्रतिष्पर्धि खेलाडी उत्पादन हुने छन् ।
७) खेल पर्यटन खेल अर्थतन्त्रको विकास सम्भावनाको खोजी हुनेछ र त्यसको प्रभाव जिल्लामा पर्नेछ ।
यही अवधारणा अनुरुप जिल्ला खेलकुद विकास समिति पाल्पाको समन्वयमा एक वैठक बसेर खेल विकास प्रतिवद्ध समूह द्धारा तयार पारिएको, खेल संघहरुको विवरण संकलन फारम तयार पारिएको थियो । समितिका अनुसार सो फारम जिल्लाका सबै खेल सम्वद्ध संघ, संस्था र पालिकाहरुलाई पठाइसकिएको छ । तर हालसम्म फारमले माग गरेको सूचना उपलव्ध भएको छैन । यसबाट पनि भन्न सकिन्छ पाल्पामा रहेका दर्जनौ खेलका नाममा खोलिएका संघ संस्थाहरु सम्वद्ध खेल विकासमा प्रतिवद्ध भै लागेको देखिदैन भने पालिकाहरुले पालिका स्तरिय खेल प्रतियोगिता गर्ने बाहेक दीगो खेल विकासका लागि अवधारणा, राणनीति र कार्यनीति बनाएको देखिदैन । खेल विकास प्रतिवद्ध समूहद्धारा तयार पारिएको विवरण संकलन फारमले हरेक संघ वा संस्थासँग आफ्ना आवद्ध संस्था वा क्लवका सख्या र नामहरु : (ठेगाना र खेलाडी,प्रशिक्षक र रेफ्रि (सबैको संख्या सहित)को विवरण, हरेक पालिका र वडामा क्लव र संस्थावाट हुने –पालिका स्तरिय, क्लव स्तरिय, विद्यालय स्तरिय) गतिविधिको अनुमति वा स्वकृति लिने गरिएको छ छैन ? सो को जानकारी, हरेक पालिकाद्धारा खेल नीति वा वार्षिक कार्यक्रम तयार पारिएको छ छैन ? (पारिएको भए कुन–कुन पालिकाले बनाएका छन्) सो को जानकारी र हरेक पालिकाले खेललाई कुन प्राथमिकतामा राखेको पाइन्छ ? भन्ने धारणा समेत संकलन गर्न खोजेको थियो । यसैगरी पालिका स्तरिय, जिल्ला स्तरिय खेल प्रतियोगिता सञ्चालनकालागि योग्य वा उपयुक्त खेल मैदान, कोर्ट र स्टेडियम भएका पालिका र विद्यालयको नाम र कुन खेलका लागि उपयुक्त हुने हो सो विवरण सहित) को सूचना संकलन गर्न चाहेको देखिन्छ । त्यस्तै विद्यागत खेलका लागि कुन पालिकामा कुनकुन खेलका लागि खेल मैदान, कोर्ट, स्टेडियम आवश्यक हो र किन ? भन्ने विवरणले स्थानीय तहबाटै सम्भाव्य खेलको विकासका लागि सोच बनाएको देखिन्छ । जिल्लामा गठित धेरै संघहरु देखिने तर ती संघहरुले आफ्ना खेलाडी र खेलको विकासमा खासै अग्रसरता देखाएको देखिदैन । यसर्थ सो नीतिका लागि सूचना संकलन गर्ने फाममा संघ अन्र्तगत खेलाडीका लागि नियमित खेल अभ्यास गराउने गरिएको छ । क्लव स्तरिय, पालिका स्तरिय, जिल्ला स्तरिय र प्रदेश स्तरिय प्रतियोगितामा खेलाडीका लागि विमा गराउने गरिएको छ छैन ? भन्ने विवरण माग गरेको थियो । जिल्लाको खेल विकास नीति र रणनीति तयार पार्न विविध खेल सम्वद्ध संघहरु र संस्था एवं पालिकाहरुको समन्वय जरुरी देखिन्छ । यस कार्यका लागि जिल्ला खेलकुद विकास समितिले भूमिका निर्वाह गर्नु पर्दछ । हरेक पालिकाले केही पालिकाले खेल विकासका लागि कार्यविधि बनाएर वग्ले संयन्त्र गराई पालिका स्तरिय प्रतियोगिता गर्ने गरिएको देखिन्छ भने केहीले आफ्नै आन्तरिक संयन्त्रबाट प्रतियोगिता सञ्चालन गरेको देखिन्छ । पालिकाहरुले प्रतियोगिता सञ्चालनमा आफ्नो शक्ति प्रयोग गर्नु भन्दा नीति बनाउने कार्यमा लाग्दा विकासले गति लिन सक्ने देखिन्छ । प्रतियोगिता सञ्चालनका लागि सम्वद्ध खेल संघहरुलाई परिचालन गर्न सके संघहरुको पनि गतिविधि बढ्ने मात्र होइन नीजि क्षेत्र र पालिका बिचको सम्बन्ध पनि सुमधुर बनेर जानेछ ।
विकास र विकास रणनीति भनेको कुनै कार्यक्रम सञ्चालन गर्नु मात्र होइन । वातावरण, उत्पे्ररणा, उत्साह , सहयोग र भरोषा प्रदान गर्नु र सो बाट प्रभावित भई खेल प्रतियोगिता आयोजनामा निजी क्षेत्रको आकर्षण बढाउनु, पूर्वाधार विकासमा निजि लगानीका लागि प्रेरित गर्नु वा सो तर्फ रणनीतिक परिचालन गराउनुलाई विकास रणनीति भनिन्छ । सानो सहयोगले ठूलो श्रोत परिचालन हुनु भनेको दीगोपना हो, यही अहिलेको आवश्यकता हो । पाल्पा लुम्बिनी प्रदेशमा सबै मौसममा खेल प्रतियोगिता हुन सक्ने एक मात्र जिल्ला हो । यस पक्षलाई पाल्पाले बुझेर रणनीतिक अभियान सञ्चालन गर्ने हो, भने पाल्पाको खेल विकासमा मात्र होइन प्रदेशको खेलको मेरुदण्ड पनि बन्ने छ । यसबाट पाल्पाले धेरै खेल विधामा राष्ट्रिय स्तरका खेलाडी जन्माउने अवसर पनि पाउने छ । पाल्पाको खेल पर्यटनमा योगदान हो । नियमिति रुपमा अधिक खेल प्रतियोगिता हुने र धेरै राष्ट्रिय खेलाडी भएको जिल्ला पनि हुनेछ ।
(लेखक पाल्पा सरोकार समाजका अध्यक्ष समेत हुन् ।)