दसैंको पहिलो दिन : पाल्पाका भगवती मन्दिरहरुमा पुजापाठ र भजन किर्तन गर्नेको भिडभाड
बिहीबार, असोज १७, २०८१
आज घटस्थापना, घर–घरमा जमरा राखिँदै
बिहीबार, असोज १७, २०८१
नेपालीहरूको महान् चाड बडादसैं आज (विहीबार)बाट सुरु भएको छ । बडादसैंको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ–आफ्नो घर–घरमा जमरा राख्ने गर्दछन् ।
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
बिहीबार, असोज १७, २०८१
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो संकलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउन्छिन् ।
नवरात्रि प्रारम्भ र घटस्थापना
बिहीबार, असोज १७, २०८१
आजबाट नवरात्रि प्रारम्भ भएको छ । नवरात्रिको पहिलो दिन आज घटस्थापना हो । यस दिन देखि नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ ।
बाढीपहिरामा परी मृत्युु हुनेको संख्या दुई सय २८ पुुग्यो
बिहीबार, असोज १७, २०८१
बाढी–पहिरामा परी हालसम्म दुई सय २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गएका बाढी पहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको हो । जसमा २५ जना बेपत्ता भएका छन् ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
बुधबार, असोज १६, २०८१
जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।
आजदेखि पितृ पक्ष समापन गरिँदै
बुधबार, असोज १६, २०८१
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष आजदेखि समापन गरिँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज पितृ पक्ष अर्थात स्रोह श्राद्ध समापन गर्न लागिएको हो ।
आज विश्व अहिंसा दिवस मनाइँदै
बुधबार, असोज १६, २०८१
आज विश्व अहिंसा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघको आÞवानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघमा आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात् आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।
शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू
बुधबार, असोज १६, २०८१
नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं...
विश्व अहिंसा दिवसको सन्दर्भ
बुधबार, असोज १६, २०८१
अक्टोबर,२ लाई विश्व अहिंसा दिवसका रूपमा मनाइने गरिन्छ । भारतका अहिंसावादी नेता महात्मा गान्धीको जन्म दिनको अवसर पारेर सन् २००७ देखि हरेक वर्ष यो दिनलाई अहिंसात्मक दिवसका रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको हो ।
तानसेनको दमकडामा ज्येष्ठ नागरिकको आँखा परीक्षणसँगै लठ्ठी वितरण
मंगलबार, असोज १५, २०८१
तानसेन नगरपालिका –९ दमकडामा ज्येष्ठ नागरिकलाई लठ्ठी वितरणसँगै आँखा परीक्षण गरिएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा विश्व दृष्टि दिवसका अवसरमा मंगलबार ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण गर्दै आँखा परीक्षण गरिदिएको हो ।


