साउने संक्रान्ति: घर घरबाट फ्याँकियो लुतो
बुधबार, साउन २, २०८१
सरकारलाई स्थिरताको शुभकामना !
बुधबार, साउन २, २०८१
मुलुकको राजनीति जहिल्यै अस्थिरतामै गुज्रिरहयो । दलहरुको स्वार्थका कारण राजनीतिले कहिल्यै पनि निकास पाउन सकेन । दलहरु सत्ता लिप्तका कारण एक आपसमा सरकार बनाउने र भत्काउने खेलमै सिमित भए । संसदीय प्रणालीमा कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गर्नुपर्ने...
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
मंगलबार, साउन १, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढ्यो
मंगलबार, साउन १, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
हाम्रो यात्रा ३० वर्षमा
मंगलबार, साउन १, २०८१
हामी २९ वर्ष पूरा गरी ३० वर्षको यात्रामा लागेका छौँ । पाल्पाबाट विगत २९ वर्षदेखि निरन्तर प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) ले आज आफ्नो नियमित साप्ताहिक/दैनिक प्रकाशनको तीन दशकको अविराम यात्रामा सक्रिय हुँदा अनेक आरोह–अवरोहको अनुभव गरेको छ । आजको यो उत्सवको समयमा हामी विगतका सबै पीडाहरूलाई भुल्दै अब...
बिर्सिंदै ‘लुतो फाल्ने’ चलन
मंगलबार, साउन १, २०८१
साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामीण समाजका लागि आज विशेष दिन हो । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिइन्छ ।
लुम्बिनी प्रदेश सरकारको खर्च ६६ प्रतिशत मात्र
मंगलबार, साउन १, २०८१
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आवमा चालुतर्फ १७ अर्ब २२ करोड २७ लाख ९९ हजार विनियोजन गरेकोमा १० अर्ब ७४ करोड २७ लाख ९३ हजार तीन सय ५५ खर्च भएको छ ।
जोगाऔं लुतो फाल्ने परम्परा
मंगलबार, साउन १, २०८१
नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ ।
नवजनचेतना राष्ट्रिय दैनिकको सम्पादकमा रायमाझी
सोमबार, असार ३१, २०८१
कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकमा रामचन्द्र रायमाझी नियुक्त भएका छन् ।
प्रधानमन्त्री ओली र २१ मन्त्रीले लिए शपथ
सोमबार, असार ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारमा गएका २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधामन्त्री ओली, दुई उपप्रधानमन्त्री र १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
सोमबार, असार ३१, २०८१
यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पुर्याउनुको साटो झारफुकतिर लागे । बिरामीको अवस्था नाजुक बन्न थाल्यो त्यसपछि मात्रै चौधरीलाई अस्पताल लैजाने तरखर भयो । जतिबेला समय...
आज विश्व युवा दक्षता दिवस मनाइँदैं
सोमबार, असार ३१, २०८१
प्रत्येक वर्षजस्तै जुलाई १५ तारिखका दिन अर्थात् आज विश्व युवा दक्षता दिवस विभित्र कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइन्दै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।


