मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा
आइतबार, कात्तिक २५, २०८१
जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
आइतबार, कात्तिक २५, २०८१
दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।
दुई वर्षपछि भैरहवामा रौनक
आइतबार, कात्तिक २५, २०८१
भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै
आइतबार, कात्तिक २५, २०८१
आज शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदैछ । शान्ति र विकासमा विज्ञानको आवश्यकता, भूमिका र उदीयमान वैज्ञानिक मुद्दाहरूमा छलफल गर्न हरेक वर्ष नोभेम्बर १० तारिखमा यो दिवस मनाउने गरिन्छ ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।
विश्व विज्ञान दिवसको सन्देश
आइतबार, कात्तिक २५, २०८१
हरेक वर्षको नोभेम्बर १० तारिखमा शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।
बाँसबाट बनेका कुर्सी
शनिबार, कात्तिक २४, २०८१
दाङको राप्ती गाउँपालिकाको कार्यालयमा बाँसबाट बनेका कुर्सी प्रयोगमा ल्याइएको छ । पहिलो चरणमा पालिका अध्यक्ष प्रकाश विष्टको कार्यकक्षमा ती कुर्सी प्रयोगमा ल्याइएको हो ।
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान
शनिबार, कात्तिक २४, २०८१
नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । आज एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८...
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार
शनिबार, कात्तिक २४, २०८१
दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
शनिबार, कात्तिक २४, २०८१
देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।
आज विश्व स्वतन्त्रता दिवस
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।


