चिसोमा निमोनिया हुन सक्छ, ख्याल गरौं
मंगलबार, कात्तिक २७, २०८१
भोली रामपुर नगरपालिकाले दियो सार्वजनिक बिदा
सोमबार, कात्तिक २६, २०८१
हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै विदा दिएको जनाएको हो ।
संघ र प्रदेश सरकारको बेरुजु साढे २१ अर्ब
सोमबार, कात्तिक २६, २०८१
गत आर्थिक वर्ष २०८०/८१ मा संघ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु रकम रु२१ अर्ब ५१ करोड ९६ लाख...
नेप्से निरन्तर उकालो यात्रामा
सोमबार, कात्तिक २६, २०८१
सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर उकालो यात्रामा रहेको छ । आइतबार ६२ दशमलव ५४ अंकले उकालो लागेको नेप्से सोमबार पनि उकालै यात्रामा रहेको हो ।
रवि लामिछानेलाई भोली भैरहवा ल्याइँदै
सोमबार, कात्तिक २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि भोली (मंगलबार) भैरहवा ल्याइँदै छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको कसुरमा जारी रहेको अनुसन्धानका लागि बयान लिन रविलाई भैरहवा ल्याउन लागिएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार, कात्तिक २६, २०८१
बागलुङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्युु भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–८ को केवैबाट सदरमुकाम बागलुङ आउँदै गरेको ग २ च ९२४७ नम्बरको जिप सोमबार बिहान साढे आठ बजे ढुंगाखानीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
सालझण्डी–ढोरपाटन सडक : १६ वर्षमा ३० प्रतिशत मात्रै काम
सोमबार, कात्तिक २६, २०८१
निर्माण थालेको १६ वर्ष पुग्दा पनि राष्ट्रिय गौरवको आयोजना सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगति भएको छ । निर्माण कम्पनीको सुस्त कामका कारण गतिलिन नसकेको आयोजनाले आरोप लगाउने गरेको छ । आयोजनाले पनि एक दुई स्थानमा मात्र ठेक्का लगाएर अन्य स्थान अलपत्रै छाडेको छ । सडक अलपत्र...
स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका नेता डा. भण्डारी
सोमबार, कात्तिक २६, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका –१ हर्मिचौर र वडा नं. २ अर्बेनीका स्थानीयसँग भेटघाट गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं . १ प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीसहितका काँग्रेस नेताहरु ।
पर्यटक आगमन बढाउन ध्यान देऊ
सोमबार, कात्तिक २६, २०८१
नेपालमा अहिलेको सिजन भनेको पर्यटन आगमन हो । बाह्य पर्यटकहरूको आगमनको मुख्य सिजन भनेको सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक हो । अहिले पर्यटकहरुको आगमनको समय भए पनि अपेक्षित रुपमा आएको पाइँदैन ।
साइकलबाट गरियो पाल्पाका पर्यटकीयस्थलहरुको अवलोकन
आइतबार, कात्तिक २५, २०८१
पाल्पाका ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको साइकलबाट अवलोकन गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा भएको दुई दिने हेरिटेज राइडमार्फत यहाँका पर्यटकीयस्थलहरुको अवलोकन गरिएको हो ।
घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
आइतबार, कात्तिक २५, २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।


