नवजनचेतना राष्ट्रिय दैनिक २०८१ साउन ३० गते बुधबार
बुधबार, साउन ३०, २०८१
सरकारी स्वास्थ्यकर्मीको ‘क्लिनिक मोह’ रोक्न लुम्बिनी सरकारको एक्सन
मंगलबार, साउन २९, २०८१
लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा रहेको स्वास्थ्यकर्मीहरुले निजी क्लिनिकमा बढी ध्यान दिएको र सरकारी अस्पतालको नाम बेचेर व्यावसायिक प्रयोजनमा प्रयोग गरेको भन्दै अङ्कुश लगाउन थालेको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले मुख्य गौरवको आयोजनाका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालका डक्टरहरुविरुद्ध पहिलो एक्सन सुरु गरेका छन्...
एक वर्षमा ६७ लाखको सागसब्जी बिक्री
मंगलबार, साउन २९, २०८१
जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ ।
बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
मंगलबार, साउन २९, २०८१
पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
सोमबार, साउन २८, २०८१
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका –५ जोरधारास्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमबार दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
सोमबार, साउन २८, २०८१
जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।
आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
सोमबार, साउन २८, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए ।
पाल्पामा डेंगी संक्रमण बढ्दो
सोमबार, साउन २८, २०८१
जिल्लामा डेंगी संक्रमितको संख्या बढ्दोक्रममा रहेको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा दिनहुँ डेंगी संक्रमण बढ्दै गएको हो ।
आठ महिनाको अवधिमा जिल्लामा एक सय १५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले बताए । उनका अनुसार यो तथ्याङ्क जनावरी १ देखि अगस्ट १० सम्मको हो ...
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
सोमबार, साउन २८, २०८१
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
युवाका समस्या जस्ताको त्यस्तै
सोमबार, साउन २८, २०८१
आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । १९९९ देखि विश्भरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ । युवाका सवालहरूमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जगारूक गरान यो दिवसको घोषण गरिएको हो ...


