पाल्पा,जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।
२०८० फागुुन ७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधिका बारेमा जानकारी गएका छन् । उनले सो अवधिमा दर्ता भएका कूूल ३ सय १४ मुद्धा मध्ये १ सय ८७ मुद्धा फस्र्यौट गरेको बताए ।
जसमा ८५ वटा ज्यान सम्बन्धी मुुद्धामा २५ वटा फस्र्यौट भएको र ६० वटा बाँकी रहेका छन् । १२ जनालाई भने पक्राउ गरिएको छ । यस्तै आत्महत्याका ७४ वटा मुुद्धा दर्ता भएकामा २४ वटा फस्र्यौट र ५० वटा बाँकी रहेको एसपी चन्दले बताए । यस्तै सोही अवधिमा चोरी सम्बन्धिका ३६ वटा मुद्धा दर्ता भएकोमा ३५ वटा फस्र्यौट भएका छन् भने संगठीत अपराधतर्फ १९ वटा मुुद्धा दर्ता भएकामा १६ वटा मुद्धा फस्र्यौट भएका प्रहरी प्रमुुख चन्दले जानकारी दिए । यस्तै सामाजिक अपराधतर्फ ३२ वटा मुद्धा दर्ता भएकोमा ३० वटा फस्र्यौट भएका छन् । महिला तथा बालबालिकातर्फ २१ वटा मुद्धा दर्ता भएकोमा शतप्रतिशत नै फस्र्यौट गर्न सफल भएको उनको भनाई छ । सवारी ज्यान सम्बन्धी २३ वटा मुद्धा दर्ता भएकोमा १७ वटा फस्र्यौट भएका छन् । यस्तै बैंकिङ कसुर, अपराधिक उपद्रवतर्फ २४ वटा मुद्धा दर्ता भएकोमा १९ वटा फस्र्यौट भएका छन् । एसपी चन्दले एक वर्षको अवधिमा धेरै उपलब्धी हासिल गर्न सफल भएको बताए । उनले अबका दिनमा हरेक महिनामा मासिक प्रगति विवरण समेत सार्वजनिक गर्ने बताए । कार्यक्रममा पत्रकारहरुले टिपरको टाइम कार्ड कार्यान्वयन नहुन नसकेको, ट्राफिक व्यवस्थालाई चुस्त बनाउनुुपर्ने,चेकजाँचलाई थप व्यवस्थित बनाउनुुपर्ने लगायतका सुुझाव दिएका थिए । पत्रकारहरुबाट आएका सुुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गरेर जाने एसपी चन्दले बताए ।