पाल्पा,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. टंक प्रसाद पन्त नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको क्याम्पस छनोट प्रक्रियामा उत्कृष्ट भई उप–प्राध्यापक पन्त ४ बर्षे कार्यकाल लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।
२०५६ सालमा आशिंक प्राध्यापकको रुपमा त्रिभुवन बहुमुखी क्याम्पस तानसेनबाट सेवा शुरु गरेका पन्त २०६२ मा करार सेवामा प्रवेश गरेका थिए । २०६८ सालमा खुला प्रतिष्पर्धाबाट उप–प्राध्यापक स्थायी भएका उनी २०७३ सम्म सोही क्याम्पसमा सहायक क्याम्पस प्रमुख भई काम गरेका गरे । २०७३ साल देखी हालसम्म क्याम्पस व्यवस्थापन समिति र कार्यसमितिमा रही काम गर्दै आएका थिए ।
क्याम्पस प्रमुखमा नियुक्त भएसँगै पन्तले ४ बर्षे कार्यकालमा क्याम्पसको शैक्षिक, भौतिक गुणस्तर सुधारमा लाग्ने शितलपाटीसँगको कुराकानीमा बताए । स–साना योजनाहरु पुरा गर्दै लुम्बिनी प्रदेशकै उत्कृष्ट क्याम्पस बनाउने गरी विश्वविद्यालयमा सोधपत्र पेश गरेको र सोही अनुसार कार्ययोजना बनाएर पुर्व क्याम्पस प्रमुख, पाल्पाका शिक्षाविद्हरु, स्ववियु, विधार्थी संघ संगठनहरुको राय, सल्लाह सुझाव लिएर, सहमति, सहकार्यबाट क्याम्पसको गुणस्तर सुधारमा पहिलो प्राथमिकता रहने उनको भनाई छ ।
क्याम्पसमा दरवन्दी अनुसार कर्मचारी, प्राध्यापकहरु नहुँदा, दैनिक कामकाजदेखी सोधखोज, अनुसन्धानमा प्रभाव परेकोले विश्वविद्यालयसँग दरवन्दी अनुसारको पदपुर्ती माग गरेको क्याम्पस प्रमुख डा. पन्तले बताए । उनले २०७९ सालमा कवि माधव प्रसाद घिमिरेको गीतमा ध्वनी विषयमा विद्यावारीधी गरेका हुन् ।