Shittalpati
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ? यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा घटाइएको हो ।
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
सार्वजनिक यातायातको भाडादर घट्यो
सार्वजनिक यातायातको भाडादर घट्यो पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।
हवाई भाडा बढ्ने
हवाई भाडा बढ्ने आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।
पाठकका नजरमा नवजनचेतना दैनिक
पाठकका नजरमा नवजनचेतना दैनिक ‘स्वच्छ र स्वतन्त्र पत्रकारिता’ भन्ने मूल नाराका साथ प्रकाशन सुरु भएको नवजनचेतना राष्ट्रिय दैनिक आजदेखि २९ औं वर्ष प्रवेश गरेको छ । हाम्रो यो यात्रा यहाँसम्म ल्याउनमा हाम्रा पाठक, शुभेच्छकको अहम् भूमिका रहेको छ ।
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति
जेनतेन धानिदैं ‘लुतो फाल्ने’ संस्कृति लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडी समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो ...
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीणस्थल मदाने गाउँपालिका–१ अग्लुले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
हाम्रो अविचलित यात्रा : २९ औं वर्षमा
हाम्रो अविचलित यात्रा : २९ औं वर्षमा कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिक (तत्कालीन साप्ताहिक) आजबाट २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो जस्तो मुलुकमा निजी क्षेत्रको व्यावसायिक सञ्चार संस्था निरन्तर २८ वर्ष प्रकाशनमा रहनु आफैमा एउटा उपलब्धि हो ।
लुतो फाल्ने दिनको महत्व
लुतो फाल्ने दिनको महत्व आज साउन १ अर्थात् लुतो फाल्ने दिन । साउन महिनाको पहिलो दिनलाई लुतो फाल्ने दिन अर्थात् साउने संक्रान्ति भनिन्छ । वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । बेलुका लुतो फाली धार्मिक महत्वको साथ संक्रान्ति मनाइन्छ ।
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरियो तानसेन खानेपानीको कार्यालयमा लागेको ताला आज फोरिएको छ । तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज बिहान १०ः३० बजेको समयमा ताला फोरेको हो ।
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ?
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ? संविधानत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौँ हामी तर व्यवहारमा अनुभूति गर्न सकिएको छैन । २०६२/०६३ यता नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा एकल र संयुक्त सरकार बने तर नागरिकले गणतन्त्रको प्रतिफल अनुभूत गर्न पाएनन् भन्ने गुनासो ज्यूँ का त्यूूँ छ । भाषणमा नेताहरुले नेपाललाई समुन्नत तुल्याएको दावि गरेका...
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज अहिले केही समयपछि समितिको ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ ।
Weather Update