Shittalpati
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म  पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
भूकम्पको निसानामा ‘बाजुरा’
भूकम्पको निसानामा ‘बाजुरा’ २०७२ सालको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको बाजुरामा लगातार साना–ठूला परकम्प गइरहेका छन् । अघिल्लो हप्ता मात्रै ४ पटक भूकम्प गएको छ । शनिबार यहाँको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।
विश्व ध्यान दिवस मनाइयो
विश्व ध्यान दिवस मनाइयो विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व ध्यान दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी  शनिबार दिवस मनाएका छन् ।
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं
तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं आउँदो माघ २५ तानसेनमा सामूूहिक बेलविवाह र व्रतबन्ध गरिने भएको छ । नेवाः गुठी तानसेनले विगतमा जस्तै यस वर्ष पनि नेवाः समुदायका बालबालिकाहरूको सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गरिदिन लागेको हो ।
स्वस्थ रहन ध्यान गरौं
स्वस्थ रहन ध्यान गरौं स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ ।
देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण  : सांसद  गैरे 
देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण  : सांसद गैरे  पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले  देशको आर्थिक विकासमा सहकारी भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै उनले देशको आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । 
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।
‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’
‘पर्यटकीय विकासका लागि लुम्बिनी सर्किटको विकास’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध र लुम्बिनी सर्किटको विकास गरिने बताए । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान महोत्सवको आज उद्घाटन गर्दै उनले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किट र  प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्ने गरी सरकारले अवधारणा अघि सारेको बताए ।
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’ केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’ गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको...
Weather Update