Shittalpati
नेप्से परिसूचक घट्यो
नेप्से परिसूचक घट्यो साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १३ दशमलव ६२ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ६६ को विन्दुमा कायम भएको हो ।
पाँच करोडको लागतमा पक्की पुल
पाँच करोडको लागतमा पक्की पुल गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । 
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन
पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई  एक करोड बजेट विनियोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । 
तानसेनबाट मनमोहक हिमाल
तानसेनबाट मनमोहक हिमाल मौसम सफा हुँदा पर्यटकीयस्थल तानसेनको कैलाशनगरबाट देखिएका मनमोहक हिमश्रृंखला । यहाँबाट देखिएका धवलागिरी, माछापुच्छ्रे हिमालले स्थानीय निक्कै उत्साहित र उमंगित भएका छन् । शनिबार पानी परेका कारण आइतबार बिहानैबाट सफा र चिटिक्कका हिमाल देखिएका हुन् ।
घोराहीमा मगर सङ्ग्रहालय स्थापना
घोराहीमा मगर सङ्ग्रहालय स्थापना मगर समुदायको कला संस्कृति संरक्षण गर्न घोराही उपमहानगरपालिका–१३ नयाँ बसपार्कमा सङ्ग्रहालय स्थापना भएको छ । सङ्ग्रहालयमा मगर समुदायको कला, संस्कृति र परम्परासँगसम्बन्धी सामग्री राखिएका छन् ।  
रोकिएन दुखद् घटनाको शृंखला
रोकिएन दुखद् घटनाको शृंखला नेपालमा दिनहुँ जसो दुखद् घटना हुने गरिहेका छन् । सवारी साधन दुर्घटना होस् वा प्राकृतिक प्रकोप, बेवारिसे अवस्थामै किन नहोस् हरेक दिन दुखद् घटनाहरु घटिरहेका हुन्छन् । प्रहरी प्रधान कार्यालयबाट सार्वजनिक गरिने बुलेटीनमा दिनहुँ दुखद् घटनाबाट मानिसले अकालमै ज्यान गुमाएको पाइन्छ ।
आज विश्व वन्यजन्तु दिवस मनाइँदै
आज विश्व वन्यजन्तु दिवस मनाइँदै आज विश्व वन्यजन्तु दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पाइने सबै नङ्गली जनावर र रुख बिरुवाका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षणका लागि हरेक वर्ष मार्च ३ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
तानसेनको इतिहास बचाउने पहल
तानसेनको इतिहास बचाउने पहल गत हप्ता तानसेन नगरपालिकामा तानसेन बजारको स्वरुप, प्रकृति र माग अनुरुप सुहाउँदो कार्यक्रम सम्पन्न भयो । प्रारम्भमा तानसेन बजारको अत्यन्त महत्वपूर्ण टोलको रुपमा रहेको टक्सार टोलमा विद्यमान् ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदा एवं अधिकांश टोलवासीसँग रहेका अत्यन्त पुराना धातुका वस्तु तथा उनीहरुले मनाउने संस्कार, परम्परा लगायतको नियमित प्रदर्शनका लागि टक्सार...
वन्यजन्तु दिवसको सार्थकता
वन्यजन्तु दिवसको सार्थकता मार्च–३ अर्थात् आज विश्व वन्यजन्तु दिवस । वन्यजन्तु सरंक्षण सम्बन्धी विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाउन लागिएको छ ।
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी
अखिल छैठौं पाल्पाको तेस्रो भेला, अध्यक्षमा दर्लामी राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) पाल्पाको तेस्रो जिल्ला भेला तानसेनमा भएको छ । अखिलले नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप बलियो बनाएर लैजान भेला गरेको हो ।
शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव
शितलपाटीकर्मी पोखरेल बने प्रेस चौतारी लुम्बिनीको सचिव शितलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिक (एनजेडी) का पाल्पा संवाददाता कृष्ण पोखरेल प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको सचिवमा निर्विरोध निर्वाचित भएका छन् । चौतारी  लुम्बिनी प्रदेशको देउखुरीमा भएको दोस्रो प्रदेश अधिवेशनले पाल्पाका क्रियाशिल पत्रकार पोखरेलाई सचिवमा निर्विरोध निर्वाचित गरेको हो ।
Weather Update