नवजनचेतना राष्ट्रिय दैनिक २०८१ कार्तिक २ गते शुक्रबार
शुक्रबार, कात्तिक २, २०८१
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
बिहीबार, कात्तिक १, २०८१
बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ ।
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
बिहीबार, कात्तिक १, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिहीबार, कात्तिक १, २०८१
बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
बिहीबार, कात्तिक १, २०८१
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
आज पूर्णिमा व्रत : बडादसैँ समापन
बिहीबार, कात्तिक १, २०८१
आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...
गरिबी निवारण दिवसको औचित्य
बिहीबार, कात्तिक १, २०८१
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने गरिएको छ । गरिबीको उन्मुलन शान्ति, स्थायित्व र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यही कुरालाई लिएर गरिबी निवारणका लागि शान्तिपूर्ण र समावेशी समाजहरु भन्ने विश्वव्यापी अवधारणा अघि...
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने
बुधबार, असोज ३०, २०८१
तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
बुधबार, असोज ३०, २०८१
जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल र डिजेलको मूल्य अब कति ?
बुधबार, असोज ३०, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
कार्तिकमा पनि घटाए बैंकहरूले निक्षेपको ब्याजदर
बुधबार, असोज ३०, २०८१
वाणिज्य बैंकहरूले कार्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।


