तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
सोमबार, साउन ८, २०८०

देशभरका फार्मेसी अनुगमन सुरु
सोमबार, साउन ८, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

लाइसेन्स बनाइदिने भनी ठगी गर्ने पक्राउ
सोमबार, साउन ८, २०८०
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

एक सय ४२ वन्यजन्तुको उद्धार
सोमबार, साउन ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ ।

छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
सोमबार, साउन ८, २०८०
देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...

नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
सोमबार, साउन ८, २०८०
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत थियो । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने...

गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
सोमबार, साउन ८, २०८०
जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।

कृषिजन्य वस्तुको आयात घटाऊ, निर्यात बढाऊ
सोमबार, साउन ८, २०८०
नेपाल कृषि प्रधान देश हो, तर अधिकांस कृषिजन्य वस्तु बाहिरबाट आयात हुुने गरेको छ । देशका करीब दुई तिहाइ परिवार कृषिमा आधारित भएपनि कृषिजन्य वस्तुको आयात बढ्नु चिन्ताको विषय हो । मुलुकको समग्र निर्यातलाई दिगो बनाउने हो भने पनि कृषिजन्य वस्तुको निकासी बढाउनैपर्छ ।

पूर्वउपप्रमुख खनालको निधन
आइतबार, साउन ७, २०८०
बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आइतबार बिहान निधन भएको हो ।

पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
आइतबार, साउन ७, २०८०
पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।

यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य
आइतबार, साउन ७, २०८०
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको संरचना र लक्ष्य तय गरेको हो ।

पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०
करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको करेन्ट लागेर मृत्यु भएको हो ।

गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
आइतबार, साउन ७, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।