पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०

गुल्मीमा नागरिकताभन्दा राहदानी बनाउने बढी
आइतबार, साउन ७, २०८०
गत आर्थिक वर्ष २०७९/८० मा गुल्मीमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउनेको संख्या बढी देखिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा नागरिकता बनाउनेको संख्याभन्दा राहदानी बनाउनेको संख्या करिब पाँच हजारभन्दा बढी छ ।
1690089600.jpg)
लम्पी स्किन बिरुद्ध खोप अभियान
आइतबार, साउन ७, २०८०
जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।

कोरियामा काम गरेर फर्किएकालाई पुनः अवसर
आइतबार, साउन ७, २०८०
कोरियामा पाँच वर्ष बसेर काम गरी फर्केकाहरुलाई पुनः जाने अवसर दिइएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि फेरी जान चाहेमा पुनःभाषा परीक्षा दिएर जान सक्ने अवसर दिएको हो ।

बीपी र पुष्पलालको विचार अनुसरण गरौं
आइतबार, साउन ७, २०८०
बीपी कोइराला र पुष्पलाल श्रेष्ठ नेपालको प्रजातान्त्रिक आन्दोलनका दुई मुख्य हस्ती हुन् । हरेक वर्ष साउन ६ गते बीपी कोइरालालाई र साउन ७ गते पुष्पलाल श्रेष्ठलाई सम्झने गरिन्छ । यी दुई यस्ता व्यक्तित्व हुन्, जसले आफ्नो जीवनकालमा नेपालका दुई फरक राजनीतिक धारलाई नेतृत्व दिए । उनीहरूको निधनको लामो समयपछि पनि...

पुष्पलाल र बीपीः सम्झने मात्र कि उहाँहरुबाट सिक्ने पनि ?
आइतबार, साउन ७, २०८०
हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरुले उहाँहरुको योगदानबारे चर्चा गर्दै अब हामी पनि उहाँले देखाएको मार्गमा हिड्छौँ भन्छन् । कार्यक्रमस्थलबाट बाहिरए पछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको छ ।

ग्यास, चुलोका उपकरणमा यसरी ठगिए तानसेनका उपभोक्ता
शनिबार, साउन ६, २०८०
पाल्पाको तानसेनमा सामानको मूूल्य भन्दा बढी रकम लिएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ । पोखरा, बुटवलबाट आएका विक्रेताले बजार मूूल्य भन्दा बढी नै रकम लिएर उपभोक्ता ठग्ने गरेको पाइएको हो ।

शहिद स्मृति प्रतिष्ठान पाल्पाले दियो विद्यार्थीलाई खेल र शैक्षिक सामग्री
शनिबार, साउन ६, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले विद्यार्थीहरुलाई खेल र शैक्षिक सामाग्री दिएको छ । प्रतिष्ठानले शनिबार ४१ औं बीपी स्मृति दिवसको अवसरमा बगनासकाली गाउँपालिका चापपानीस्थित बसन्त प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री प्रदान गरेको हो ।

दुर्घटनामा तीनजनाको मृत्यु
शनिबार, साउन ६, २०८०
सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का
शनिबार, साउन ६, २०८०
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताए ।

माछा मार्ने जालमा परी डुुब्दा पाल्पामा एकको मृत्युु
शनिबार, साउन ६, २०८०
माछा मार्ने जालमा परी कालिगण्डकी नदीमा डुुब्दा पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको रम्भा गाउँपालिका –२, रानीवासका २६ वर्षीय कोपिल पाँडे मगरको माछा मार्न प्रयोग गर्ने जालमा परेर ज्यान गएको हो ।

समयमै पानी नपर्दा रोपाइँमा ढिलाई
शनिबार, साउन ६, २०८०
समयमै पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिला भएको छ । साउन पहिलो साता सकिन लाग्दा पनि देशभर जम्मा ६८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार धानको बीउ ठूलो भइसक्दा पर्याप्त पानी नपरेकाले ६८ प्रतिशत मात्र रोपाइँ भएको जनाएको छ ।

अर्थतन्त्र उकास्ने मौद्रिक नीति ल्याऊ
शनिबार, साउन ६, २०८०
कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने मुद्राको व्यवस्थापन, महंगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन् । बजेटले मूलतः आर्थिक वृद्धिदर र मुद्रास्फीतिको लक्ष्य राख्छ भने यो उद्देश्य प्राप्तिमा निर्णायक भूमिका...